राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत,३ हजार ९४० मेगावाट विद्युत उत्पादन हुन थाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2024 | 03:35:31 PM मा प्रकाशित

laxmi sunrise bank

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गर्न शुरु गरेका छन् ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गर्दै हालसम्म नेपालमा ३ हजार ९४० मेगावाट विद्युत् उत्पादन हुन थालेको बताएका छन् ।उनले नेपालमा हाल ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको पनि बताए ।

यसैगरी, राष्ट्रपति पौडेलले पहिचान भएका गरिबलाई स्थानीय तहमार्फत निस्शुल्क बीमा, विद्युतीय चूलो र ट्यूबेल लगायतका सामग्री उपलब्ध गराउने समेत सरकारको योजना  रहेको बताए ।

राष्ट्रपति पौडेलले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनर्उत्थान, उत्पादन र उत्पादकत्व बृद्धि, रोजगारी सिर्जना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताएका छन् ।

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved