लक्ष्मी सनराइज बैंकको अगुवाईमा ४१.३१४ मेवा क्षमताको सुपर बागमती हाइड्रोपावरमा लगानी गर्ने सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2024 | 06:25:54 PM मा प्रकाशित

laxmi sunrise bank

लक्ष्मी सनराइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर बीच बुधबार लगानी सम्झौता भएको छ  ।

उक्त कम्पनी र बैंक बीच ललितपुर र मकवानपुर जिल्लास्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट(मेवा) क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

सो आयोजनाको कुल लागत  ९.२८ अर्ब  रुपैयाँ छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कम्पनीले  २०७८ माघ १२ गते विद्युत  विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिएर विसं २०८०  असार २५ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रबर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स र एएनके कन्स्ट्रकशन छन् ।

सो आयोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने  छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रवरद्धक र संस्थापकहरुको लगानी रहने छ । 

सो परियोजनामा लक्ष्मी सनराइज बैंकको कर्जा प्रतिवद्धता ३.४ अर्ब छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा एभरेष्ट बैंकको २.५ अर्ब तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी  छ । 

सो आयोजना निमार्ण सम्पन्न भइ विद्युत उत्पादन भएपश्चात वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र ऊर्जा उत्पादकको मध्येको ठूलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved