चिरख्वा खोला हाइड्रोपावरले लाभांश नदिने,सभाबाट दुई सञ्चालक निर्वाचित हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2024 | 12:32:32 PM मा प्रकाशित

चिरख्वा खोला हाइड्रोपावर कम्पनीले शेयरधनीलाई लाभांश नदिने भएको छ ।

 प्राथमिक सार्वजनिक शेयर निष्कासन गरेको एक वर्ष भएता पनि कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट शेयरधनीलाई लाभांश भने घोषणा गरेको छैन ।

गत जेठ २७ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले आगामी असार २३ गते पाँचौं वार्षिक साधारणसभा बोलाएको हो ।आईपीओ निष्कासन गरेपछिको पहिलो साधारणसभा भएकाले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी दुई जना सञ्चालक समेत चयन गर्ने छ ।

साधारणसभाले सञ्चालक समिति अध्यक्षले प्रस्ततु गर्ने २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ ।  त्यस्तै सभाले गत आवको वार्षिक वित्तीय विवरण समेत पारित गर्नेछ ।

कम्पनीको ठेगाना परिवर्तन तथा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव छ । साधारणसभाका लागि कम्पनीले आगामी असार १२ गते शेयरधनी दर्ता किताब बन्द हुने कम्पनीले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved