युनाईटेड मेवाखोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, प्रत्याभुतिकर्तामा सीआईटी नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2024 | 09:31:51 PM मा प्रकाशित

युनाईटेड मेवाखोला हाईड्रोपावरले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६१ लाख ७० हजार रुपैयाँ बराबरको  १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।  

कम्पनीले आईपीओ निष्कासनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोष(सीआईटी) लाई नियुक्त गरेको छ ।

शेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा बुधबार आयोजित एक समारोहका बीच सीआईटीका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाईड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved