बाढीले क्षति पुर्याएको एक वर्षपछि बरुण हाइड्रोपावर कम्पनीले आफ्नो प्लान्टबाट विद्युत् उत्पादन शुरु गरेको छ ।
कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको ४.५ मेगावटको हेवा खोला साना जलविद्युत आयोजनामा बाढीले व्यापक क्षति पुर्याएपछि २०८० साल असार २ देखि विद्युत उत्पादन बन्द थियो ।
अहिले आयोजनाको पुनर्निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परीक्षण तथा मर्मत कार्य समेत सम्पन्न गरि विद्युत उत्पादन थालिएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार असार २१ गतेदेखि आयोजनाबाट विद्युत उत्पादन शुरु गरिएको छ ।