कस्मिक इलेक्ट्रीकलले आईपीओ निष्कासन गर्ने, भदौ ५ मा बोलायो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2024 | 02:47:56 PM मा प्रकाशित

कस्मिक इलेक्ट्रीकल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने भन्दै आगामी भदौ ५ गते विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीको गत साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, आईपीओ निष्कासन गर्ने, आईपीओ निष्कासनबाट प्राप्त हुने रकमको उपयोगबारे निर्णय गर्ने र आईपीओ निष्कासनको लागि गर्नुपर्ने कार्यको लागि अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

उक्त कम्पनी ऊर्जा क्षेत्रको निर्माणमा संलग्न कन्स्ट्रक्सन कम्पनी हो । कम्पनीले विद्युतको प्रसारण लाइन, वितरण लाइन, सबस्टेसन निर्माण मर्मत सम्भार गर्दै आएको छ ।

साथै  कम्पनीले ग्रामीण विद्युतीकरणको क्षेत्रमा पनि काम गर्दै आएको छ ।कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशकमा महेश महतो छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved