लान्द्रुक मोदीमा माछापुछ्रे बैंकको अगुवाईमा ६ बैंकको लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2024 | 01:50:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सिंगटी हाइड्रो इनर्जीको मूख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावार्टको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । 

उक्त आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो । आइतबार आयोजनाको प्रवर्द्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंकको तर्फबाट बिनित कुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

१६ अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात् १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रो सहित प्रवर्द्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जीले बताएको छ ।  

आयोजनामा ग्लोबाल आइएमई बैंक, एभरेष्ट, एसबिआई, कृषि विकास र लुम्बिनी विकास बैंक समेत सहभागी हुनेछन् । अन्नपुर्ण विद्युत विकास प्रालिद्वारा प्रवर्द्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना विश्वकै  तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात् सबैभन्दा धेरै उचाइमा भएको आयोजना हो । 

उक्त आयोजनाको हेडवक्सदेखि विद्युत् गृहसम्मको वास्तविक उचाई १ हजार ४१८ मिटर रहेको छ । नेपाल विद्युत् प्राधिकरणसँग यसअघिनै विद्युत् खरिदबिक्री सम्झौता(पीपीए) भइसकेको यो आयोजनामा आगामी कात्तिक महिनाबाट भौतिक निर्माणको काम शुरु हुने प्रवर्द्धक कम्पनीले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved