काङ हाइड्रोपावर कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच माथिल्लो मैवा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) मा आइतबार हस्ताक्षर भएको छ ।
उक्त आयोजनाबाट १७.८५ मेगावाट विद्युत उत्पादन हुनेछ । ताप्लेजुङको मैवा खोला र मिरिङदेन गाउँपालिका भएर बग्ने मैवा खोलामा निर्माण हुने उक्त माथिल्लो मैवा जलविद्युत् आयोजनाको निर्माण सम्झौतानुसार आगामी २०८६ असार १ गते सम्पन्न भएर व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्यका साथ काम शुरु गर्न लागिएको कम्पनीले बताएको छ ।
आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार बाटो, विद्युत् आयोजना निर्माण स्थलमा पुगिसकेको छ ।आयोजनाको अनुमानित लागत ३ अर्ब ५० करोड रुपैयाँ छ । जसमध्ये बैंकहरूबाट ७० प्रतिशत र शेयर सदस्यबाट ३० प्रतिशत लगानी रहने छ।