नेपाल हाइड्रोले गर्यो सुपारी खुदी हाइड्रोमा लगानी गर्ने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2024 | 11:28:42 AM मा प्रकाशित

nepal oil ltd

नेपाल हाइड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रोपावर परियोजनामा लगानी गर्ने भएको छ। नेपाल हाइड्रोको ८९औं संचालक समितिको बैठकले यस्तो निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जनाइएको छ। 

नेपाल हाइड्रोकाअनुसार संचालक समितिले २६ मेगावाटको अप्पर खुदी हाइड्रोपावर परियोजना निर्माण गरिरहेको सुपर खुदीमा १० करोड लगानी गर्ने निर्णय गरेको छ। 

सोहिअनुसार नेपाल हाइड्रोले सुपर खुदीको दश लाख कित्ता शेयर प्रतिकित्ता एक सय रुपैयाँका दरले खरिद गर्नेछ। नेपाल हाइड्रोको यस निर्णय अपर खुदी हाइड्रो निर्माणमा कोसेढुंगा साबित हुने अपेक्षा गरिएको छ। 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved