४९ उद्योगलाई बक्यौता तिर्न दिएको म्याद आज सकिदै, अन्यौलमा प्राधिकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2024 | 10:35:33 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल बिद्युत प्राधिकरणले विद्युत वक्यौता तिर्नलाई दिएको म्याद आज सकिदैछ। बुधबारसम्म कुनै पनि उद्योगले एक रुपैया पनि बक्यौता नतिरेको प्राधिकरणले जनाएको छ। 

तोकिएको मितिभित्र बक्यौता नतिरेमा कानुनअनुसार कारबाही गरिने बताइएपनि के कारबाही गर्ने भन्नेमा प्राधिकरण आफैं स्पष्ट हुन नसकेको पाइएको छ। प्राधिकरणले गत असोज २९ गते ४९ उद्योगहरुलाई बाँकि बक्यौता  भुक्तानीको लागि पत्राचार गरेको थियो। 

प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषकाअनुसार ४९ उद्योगलाई कात्तिक ८ गतेभित्र महसुल भुक्तानीको लागि पत्राचार गरिएको हो। प्राधिकरणले मन्त्रिपरिषदको २०८१ बैशाख २७ र नेपाल बिद्युत प्राधिकरणको २०८१ साउन ७ गतेको निर्णय निर्णयअनुसार २०७२ माघदेखि २०७५ बैशाखसम्मको बक्यौता तिर्नलाई पत्राचार गरिएको स्पष्ट पारेको छ। 

प्राधिकरणले यसअघि पनि गत असार १० गते ६१ वटा उद्योगलाइ बक्यौता रकम १५ दिनभित्र तिर्नलाई पत्र काटेको थियो।  प्राधिकरणकाअनुसार ४९ उद्योगले ८ अर्ब ४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ।  

तर सार्वजनिक लेखा समिति डेटिकेटेड ट्रंक लाइन महसुल बक्यौता ८ अर्ब रुपैयाँ नभएर महालेखा परीक्षकको कार्यालयले उठाउनु भनेको २१ अर्ब ८५ करोड रुपैयाँ नै उठाउनु पर्ने अडान लिएको छ।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved