
नेपाल विद्युत प्राधिकरणले बिद्युत बक्यौता नतिरेको भन्दै उद्योगीहरुको लाइन काट्न थालेको छ। बिहिबार साँझ एघार बजेसम्म करिब ४२ उद्योगहरुको लाइन काटिएको एक उद्योगीले जनाए।
ति उद्योगीकाअनुसार ७ वटा उद्योगले बक्यौता तिर्न सहमती जनाएकाले ४२ उद्योगको लाइन काटिएको छ।
डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीवार साँझ ८ बजेबाट विभिन्न उद्योगहरुको लाइन काट्न थालिएको एक उद्योगीले अनलाइनखबरलाई जानकारी दिए ।
ती उद्योगीकाअनुसार अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिलको लाइन काटिएको छ।
साथै जगदम्बा स्टिल, हुलास स्टिल , अशोक स्टिल र हामा आइरनको लाइनसमेत काटिएको प्राधिकरणको सिमरा वितरण केन्द्रले जनाएको छ।
प्राधिकरणले ८ अर्ब चार करोड बक्यौता तिर्नलाई उधोगीहरुलाई आजसम्मको समय दिएको थियो। त एउटा पनि उद्योगले बक्यौता नतिरेपछि प्राधिकरणको संचालक समितिको बैठक आज बिहान बसेको थियो। बैठक निष्कर्ष बिहिन भएपछि प्राधिकरणले आज बेलुकादेखि उद्योगीको लाइन काट्न स्रोतले जनाएको छ।
पछिल्लो जानकारी अनुसार प्राधिकरण क्षेत्रीय कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रका त्यस्ता उद्योगको विद्यु्त् लाइन काट्न थालि सकेको छ । लाईन काट्ने काम जारी रहेको र थप विवरण आई नसकेको नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालयले जनाएको छ ।
बीरगञ्ज, नेपालगञ्ज र बुटबल क्षेत्रका उद्योगहरुका लाइन आजै काटिने भएको छ। हुलास, जगदम्बा, हामा, अशोक स्टील, त्रिवेणी स्पीनीङ, त्रिवेणी सिन्थेटिक, हिमाल स्टील, कसमस सिमेन्ट, एभरेष्ट पेपरका लाइन आज राति नै काटिने भएको छ।