रुरु जलबिद्युत परियोजना लिमिटेडको लाभांस र हकप्रद प्रस्ताव स्वीकृत भएको छ। रुरुको यहि कात्तिक एघार गतेको बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको लाभांश र हकप्रद प्रस्ताव स्वीकृत गरेको हो।
रुरुले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई दिएको जानकारीअनुसार साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस र शुन्य दशमलब ७८९ प्रतिशत नगद लाभांस स्वीकृत भएको छ।
त्यस्तै साधारण सभाले एक सेयर बराबर शुन्य दशमलब ८ शेयर अर्थात ८० प्रतिशत हकप्रद प्रस्ताव पनि स्वीकृत गरेको जनाइएको छ। हकप्रद प्रस्ताव बिद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि मात्रै बिक्रिमा आउनेछ।