
सरकारले नेपाल बिद्युत प्राधिकरणमा अनियमितता भएको आशंकामा अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले पूर्व-न्यायाधीश हरिकुमार पोखरेलको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गर्ने निर्णय गरेको हो।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार पूर्वन्यायाधीश पोखरेलसँगै ऊर्जा मन्त्रालयका एकजना प्राविधिक कर्मचारी र चार्टर्ड एकाउण्टेण्ट पनि सदस्य रहनेगरी समिति बनाइएको छ।
समितिले प्राधिकरणमा भएको अनियमिततासंगै लाल आयोगले देखाएका विषयहरूमा समेत छानविन गर्ने बताइएको छ । यसअघि ट्रान्सफर्मर, पोल खरिद र टेण्डर आहृवान, स्मार्ट मिटरलगायत वस्तु/सामग्री खरिदमा भ्रष्टाचारको आशंकासहित मन्त्रालयले प्राधिकरणसँग आवश्यक विवरण मागेको थियो।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधान गर्न बनाइएको पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले बुझाएको प्रतिवेदनमा पनि प्राधिकरणमा भ्रष्टाचारजन्य गतिविधि देखिएको उल्लेख थियो ।
गत असोज २३ गते ऊर्जा मन्त्रालयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको जवाफ नआएपछि घिसिङलाई थप ६ बुँदे पूरक स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणमा प्राधिकरणले गरेको खरिद विवरण, घिसिङलाई प्रत्यायोजन गरेको अधिकार, विभिन्न संस्थाहरूसँग प्राधिकरणले गरेको सम्झौता र समझदारी पत्रहरू मागिएको थियो ।
यस अघि:
- कुलमानद्वारा ओली सरकारका सम्पूर्ण निर्णय रद्द, झन् चर्कियो विवाद
- कुलमान घिसिङले लगाए उद्योगीलाई गम्भीर आरोप, दोहोर्याए आफ्नै पुरानो उडान
- विवाद विद्युत बक्यौताको कि कुलमानको दाबीमा ? जनताले थाहापाउनुपर्छ यी कुरा
- बिना निष्कर्ष सकियो कुलमान मनाउन बसेको 'अनौपचारिक' बैठक, अब के हुन्छ ?
- लाइन जोड्ने मन्त्रिपरिषदको निर्णय भएन कार्यान्वयन, पत्र पर्खदै प्राधिकरण
- चाँसोका साथ हेरिएको लाल आयोगको प्रतिवेदनमा बिद्युत बक्यौताबारे के छ ?
-आयोगको निर्देशन: कुलमानलाई सहज तर उद्योगीलाई सकस
-कुलमानले दुख दिए भन्दै उद्योगीले गुहारे उर्जा र उद्योगमन्त्री, फेरि पनि पुरानै अडान
-कुलमानको लागि गलपासो बन्न सक्छ सरकारले सार्वजनिक गर्न लागेको लाल आयोगको प्रतिवेदन
-बिद्युत बक्यौता विवाद उत्कर्षमा : मध्यरातमा काटियो ४२ उद्योगको लाइन
-भुक्तानी रोक्नेदेखि उद्योगीका घरको लाइन काट्ने कुलमानको योजना
-४९ उद्योगलाई बक्यौता तिर्न दिएको म्याद आज सकिदै, अन्यौलमा प्राधिकरण
-अन्यौलको भुमरीमा फस्यो विद्युत बक्यौता विवाद, नैतिक संकटमा कुलमान