रु रु जलविद्युत् परियोजना लिमिटेडको हकप्रद शेयर विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त भएको छ ।
कम्पनीको २०८१ कात्तिक ११ गते सम्पन्न वार्षिक साधारणसभाले शेयरधनीलाई १.०८ अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । सोही प्रयोजनका लागि एनआइएमबि एस क्यापिटललाई नियुक्त गरिएको हो ।
साथै, कम्पनीले इस्युअर रेटिङ गर्न इक्रा नेपाल लिमिटेडसँग सम्झौता गर्ने निर्णयसमेत गरेको छ ।