![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अध्यक्षको हैसियतले नेपाल बिद्युत प्राधिकरणको कार्यालयमा कार्यकक्ष खोल्नु नौलो विषय नभएको बताएका छन्। हस्तक्षेप गर्न प्राधिकरणको कार्यालयमा कार्यकक्ष खोलिएको आरोपप्रती खड्काले यस्तो टिप्पणी गरेका हुन्।
प्राधिकरणमा बैठक भईरहने र आफुले पनि अध्यक्षको हैसियतमा उपस्तिथी जनाउनुपर्ने भएकाले सहजताका लागि प्राधिकरणमा अध्यक्षको कार्यकक्ष खोलेको खड्काको भनाई छ। बैठकमा भाग लिन छिटो जाँदा उभिएर बस्नुपर्ने अवस्था आएपछि आफुले सहजताको लागि प्राधिकरणको कार्यलयमा अध्यक्षको कार्यकक्ष खोलेको मन्त्री खड्काको भनाई छ।
प्राधिकरणको रत्नपार्क स्थित कार्यालयमा उर्जामन्त्री खड्काले कार्यकक्ष बनाएपछि एउटा समुहले यसको विरोध गरेको थियो। प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्गको काममा हस्तक्षेप गर्नलाई प्राधिकरणमै कार्यकक्ष खोलेको विरोधी समुहको आरोप छ।