कुनै बेला बैंक बित्तिय संस्थाको मात्रै वर्चस्व रहेको नेपालको शेयर बजारमा हाइड्रो पावरको हिस्सा बढेको तथ्यांकले देखाएको छ। पछिल्ला केहि आर्थिक वर्षहरुमा मर्जर तथा प्राप्तिका कारण बैंक बित्तिय संस्थाको संख्या घट्दै जाने र हाइड्रोपावर कम्पनीहरु थपिदै जाने अवस्थाले शेयर बजारमा पनि वर्चस्व बढेको हो।
पछिल्लो तीन आर्थिक वर्षको तथांक हेर्दा पनि कुल बजार हिस्सामा हाइड्रो पावरको दबदबा बढी भएको देखिन्छ। सन् २०२२ मा कुल बजार हिस्साको करिब १४ प्रतिशत बैंकको रहंदा हाइड्रोको मात्रै करिब २९ प्रतिशत रहेको छ। सन् २०२४ मा आइपुग्दा बैंकको बजार हिस्सा बढेर १२ प्रतिशतमा सिमित हुँदा हाइड्रोको बढेर करिब ३१ प्रतिशत पुगेको छ।
यो तथांकले पछिल्लो समय नेपालको शेयर बजारमा बैंक बित्तको वर्चस्व हाइड्रोपावर कम्पनीले तोड्दै गएको देखिन्छ। तर बैंक बित्तिय संस्थाहरु जुन स्तरमा नेपाल राष्ट्र बैंकबाट नियमन तथा सुपरिवेक्षण छन् त्यो अवस्थामा हाइड्रोपावरको नियमन नहुँदा बलियो नियमनको माग बढेको छ।
नेपाल राष्ट्र बैंकले नियमन गर्ने बैंक बित्तिय संस्था र बीमा प्राधिकरणले नियमन गर्ने बीमा कम्पनीहरु झैं नेपालका हाइड्रोपावरहरुलाई पनि नियमन गर्ने बलियो निकायको आवश्यकता रहेको जानकार बताउछन।
अहिले पनि हाइड्रोकम्पनीहरु नियमनको दायराभित्र आई नसकेकाले शेयर बजारमा हाइड्रोको संख्या बढ्दै जाँदा शेयर लगानीकर्ताको लगानीको जोखिम पनि उत्तिकै बढ्दै गएको जानकार बताउछन।
अहिले हकप्रद निष्काशनको लागि नेपाल बिद्युत नियमन आयोगबाट स्वीकृति लिनुपर्ने बाहेक अन्य कुनै पनि कुरामा हाइड्रोको नियमन नभएकाले जति सक्दो छिट्टो बलियो नियामक बनाउनुपर्ने जानकार बताउछन।
हकप्रद निष्काशनको लागि अनुमति दिंदै आएको नियमन आयोग पनि आफैंमा व्यवहारिक तथा प्राविधिक कुराले बलियो नभएकाले नेपाल सरकारले बैंक बित्तिय संस्थाको लागि राष्ट्र बैंक र बीमा कम्पनीको लागि बीमा प्राधिकरण झैं हाइड्रोको लागि पनि बलियो नियामक बनाउनुपर्ने विज्ञहरु बताउछन।