बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठ इप्पानको सल्लाहकारमा मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2025 | 01:12:22 PM मा प्रकाशित

laxmi sunrise bank

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान ले बुद्धभूमि नेपाल हाइड्रोका अध्यक्ष पूर्णलाल श्रेष्ठलाई आफ्नो सल्लाहकारमा मनोनित गरेको छ। इप्पानको विधानअनुसार ऊर्जा क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिहरूलाई सल्लाहकार मनोनयन गरिने परम्पराअन्तर्गत श्रेष्ठलाई मनोनित गरिएको हो।

डेढ दशकदेखि जलविद्युत क्षेत्रमा सक्रिय रहेका श्रेष्ठ हाल बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, एबीपी इनर्जी प्राइभेट लिमिटेड, र एटलस इनर्जी प्राइभेट लिमिटेडका अध्यक्ष छन्। त्यस्तै, उनी ह्याप्पी इनर्जी प्राइभेट लिमिटेडको संचालक समिति सदस्य पनि हुन्।

श्रेष्ठको नेतृत्वमा बुद्धभूमि नेपालले नुवाकोटमा ४.९९३ मेगावाटको लोवर तादी जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गरी २०७८ चैत्र १० गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको छ। एबीपी इनर्जीले ८ मेगावाटको ताँदी घ्याङफेदी आयोजना निर्माण गरिरहेको छ। त्यस्तै, ह्याप्पी इनर्जीले ४० मेगावाटको अप्पर संखुवाखोला आयोजना निर्माण गरिरहेको छ भने एटलस इनर्जीले ३०.२४ मेगावाटको मध्य घुन्साखोला आयोजना निर्माणको तयारी गरिरहेको छ।

इप्पानले ऊर्जा क्षेत्रमा योगदान पुर्‍याएका अग्रज उद्यमी र विज्ञहरूलाई सल्लाहकार मनोनयन गर्दै आएको छ। आज आफ्नो रजत जयन्ती समारोहका अवसरमा इप्पानले विविध कार्यक्रमहरूको आयोजना गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved