एसके इनर्जी डेभलपमेन्टले आईपीओ ल्याउने, निष्कासन तथा बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2025 | 08:06:10 AM मा प्रकाशित

laxmi sunrise bank

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आफ्नो प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। कम्पनीले प्रति शेयर रु. १०० अंकित मूल्यका २०,८०,००० कित्ता शेयर जारी गर्नेछ, जसअनुसार कुल निष्कासन रकम रु. २० करोड ८० लाख हुने छ।

यससम्बन्धी सम्झौतामा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन्।

श्याम खोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा श्याम खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाले ७.२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ।

कम्पनीको आईपीओ जारी गर्ने निर्णयसँगै सर्वसाधारण लगानीकर्ताहरूलाई जलविद्युत् क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुने भएको छ। अब नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति प्राप्त भएपछि आईपीओ निष्कासनको मिति तय गरिने छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved