शाक्यले लिए प्राधिकरणको बागडोर, भने- बाहिर भनेजस्तो प्राधिकरणको अवस्था ठिक छैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2025 | 08:02:21 PM मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणमा फेरि नेतृत्व परिवर्तन भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको निर्णयअनुसार कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नवनियुक्त निर्देशक बनाइएको छ। 

मंगलबार साँझ प्राधिकरणको कार्यालयमा शाक्यले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै शाक्यले प्राधिकरणको आवषा बाहिर देखाइएको जस्तो राम्रो नभएको भन्दै गर्नुपर्ने धेरै चिज बाँकी नै रहेको प्रतिकृया दिएका छन्। 

शाक्यले पदभार ग्रहण गरेसँगै संस्थाभित्र नयाँ नेतृत्वको आरम्भ भएको छ भने सार्वजनिक वृत्तमा भने यस कदमको चर्को आलोचना भइरहेको छ। घिसिङको बर्खास्तीपछि प्रतिपक्ष दल मात्र होइन, सत्तारुढ दलभित्रकै नेताहरूबाट पनि असन्तुष्टि व्यक्त गरिएको छ। घिसिङको कार्यकालमा प्राधिकरणले लोडसेडिङ अन्त्य गर्नेदेखि लिएर आन्तरिक उत्पादनमा सुधार ल्याउने महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको भन्दै उनीप्रति जनस्तरमा पनि सकारात्मक धारणा थियो।

तर सरकारको हालको निर्णयले राजनीतिक हस्तक्षेप र संस्थाको स्वायत्ततामाथि प्रश्न उठाएको छ। राजनीतिक अस्थिरता, शक्तिकेन्द्रको चलखेल र आन्तरिक गुटबन्दीको कारण घिसिङलाई हटाइएको भन्ने आन्तरिक स्रोतको दाबी छ। 

उता हितेन्द्रदेव शाक्य पूर्वमा पनि प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन्। उनले आफूलाई अवसर दिएकोमा सरकारप्रति आभार व्यक्त गर्दै, "प्राधिकरणलाई प्राविधिक, व्यावसायिक र पारदर्शी बनाउने मेरो प्राथमिकता हुनेछ," भन्ने प्रतिक्रिया दिएका छन्।



Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved