
दोर्दी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (DORDI) ले हकप्रद शेयर बिक्रि गरिरहेको छ। कम्पनीले चालु आर्थिक वर्षको २०८१ चैत १९ गतेदेखि २०८२ वैशाख ८ गतेसम्म १:१ अनुपातमा हकप्रद शेयरको लागि आबेदन खुला गरेको हो।
कम्पनीले हकप्रद शेयरको लागि २०८१ फागुन १५ लाई बुक क्लोज घोषणा गरेकाले फागुन १४ सम्म कायम शेयरधनीहरुले हकप्रदमा आबेदन दिन पाउनेछन। योग्य आवेदकले तोकिएका स्थानहरुबाट फर्म प्राप्त गरी आबेदन दिन सक्नेछन भने आस्वाबाट पनि आबेदन दिन सक्नेछन।
कम्पनीले १:१ अनुपातमा १ करोड ५४ हजार ६०४ कित्ता हकप्रद शेयर विक्री गरिरहेको छ। जुन हालको चुक्ता पूँजीको बराबर हो। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासनपछि कम्पनीको पूँजी दोब्बर भएर २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ।
यस हकप्रद शेयर निष्कासनको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरिएको छ।
हालसम्मका उपलब्ध विवरणअनुसार, कम्पनीले आयोजना विस्तार तथा ऋण चुक्ता लगायतका उद्देश्यका लागि पूँजी वृद्धिको योजना अघि सारेको छ। हकप्रद सेयरमार्फत उठेको रकमले कम्पनीको वित्तीय सुदृढीकरणमा सहयोग पुग्ने अनुमान गरिएको छ।
बजार विश्लेषकहरूका अनुसार, हालको जलविद्युत् परियोजनामा लगानी गर्ने अवसर खोजी गरिरहेका लगानीकर्ताका लागि यो शेयर लाभदायक बन्न सक्ने सम्भावना रहेको छ। शेयरधनीहरूले तोकिएको समयसीमाभित्र आफ्नो आवेदन भर्नु पर्नेछ।