विकास हाइड्रोपावरले पायो आईपीओ अनुमति, सर्वसाधारणका लागि सेयर आउनै लाग्यो !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2025 | 07:03:30 PM मा प्रकाशित

nepal oil ltd

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ। बोर्डले दिएको जानकारीअनुसार कम्पनीले कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो। हरेक कित्ता सेयरको मूल्य एक सय रुपैयाँ तोकिएको छ।

आईपीओ निष्कासनको अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर दिनेछ भने दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गरिनेछ। कम्पनीले आगामी दिनमा सार्वजनिक सूचना जारी गर्दै सेयर आवेदन खुल्ने मिति र विस्तृत जानकारी दिने जनाएको छ।

गोरखा जिल्लाको दार्चे गाउँपालिकामा निर्माण भइरहेको "अपर माछा खोला स्मल हाइड्रोपावर आयोजना" मार्फत विकास हाइड्रोपावरले ४.५५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। कम्पनीका अनुसार हालसम्म आयोजना निर्माणको करिब ५० प्रतिशत भौतिक प्रगति भइसकेको छ।

आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापकको जिम्मेवारी प्रभु क्यापिटललाई दिइएको छ। प्रभु क्यापिटलमार्फत लगानीकर्ताले आगामी दिनमा सेयरका लागि आवेदन दिन सक्ने छन्।

ऊर्जा उत्पादनका क्षेत्रमा निजी लगानी विस्तार हुँदै गएको बेला विकास हाइड्रोको आईपीओ लगानीकर्ताका लागि एक नयाँ अवसरको रुपमा देखिएको छ। अब कम्पनीको सूचना अनुसार आवेदन प्रक्रिया सुरु हुनेछ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved