एपिवानको नयाँ रियालिटी डान्स शो 'बुगी वुगी'को अडिसन खुला, यस्तो छ भाग लिने तरिका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 29, 2017 | 09:52:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आइडलपछि एपी १ एचडीले नयाँ रियालिटी शो सार्वजनिक गरेको छ । एपीवानले गायनपछि अब नृत्य तर्फको रियालिटी शो लिएर आएको छ । एपिवानले यसलाई  'बुगी वुगी'को नामबाट चलाउने भएको छ ।  

 'बुगी वुगी' भारतीय कलाकार नावेद जेफ्री र रवी भेलले निर्माण, उत्पादन गरेको नृत्य प्रतियोगिता हो जसलाई जेफ्रीले नै निर्देशन गर्ने गरेका छन्। यो कार्यक्रम भारतीय टेलिभिजन सोनीमा प्रसारण हुने गरेको छ  ।  हाल यस कार्यक्रमको ७ सिजन प्रसारण भईसकेको छ  ।  अब यहि चर्चित फ़्रेन्चाइज् नेपालमा आउने भएको हो  ।  

एपीवानले यस चर्चित रियालिटी शोको अडिसन खुला गरेको छ  ।  जस अनुसार यसमा भाग लिन निम्न नियमहरु रहेका छन्  ।  

 १. १४ बर्ष देखि ४० बर्ष नकाटेको नेपाली नागरिक हुनु पर्ने  ।  

२. नृत्य एकल वा २ जनाको संयुक्त हुन् सक्ने  ।  

३. संयुक्त गर्दा महिला-पुरुष, पुरुष-पुरुष वा महिला-महिला रहन सक्ने  ।  

४.पर्याप्त प्रकाश आउने स्थानमा नेपाली संगीत मै नृत्य गरेको हुनु पर्ने र उक्त नृत्य ६० सेकन्ड भन्दा बढी हुनु नहुने  ।  

५. नृत्य गरेको भिडियोको रिजोलेशन 480p-720p को बिचमा हुनु पर्ने  ।  

६. १४ नोभेम्बर राति ११;५९ भित्र नृत्य एपिवान एचडीको एप मार्फत अपलोड गर्नु पर्ने  ।  

एपमा 'बुगी वुगी' अडिसनमा क्लिक गरेर फेसबुक अथवा इमेल मार्फत साइन इन गरी भिडियो अपलोड गर्न सकिने एपिवानले जनाएको छ । भिडियो अपलोड गर्दा आफुले गरेको उक्त नृत्य युट्युबमा भए युट्युब लिंक नै अपलोड गर्न सकिने छ । साथै आफ्नै मोबाइलबाट सिधै पनि भिडियो अपलोड गर्न सकिने छ ।

अडिसनबाट छानिएकाहरुलाई मात्र अर्को चरणको लागि बोलाइने एपिवानले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved