स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको प्रचार प्रसारका लागि गित आएर चर्चा बटुलेका बद्रि पंगेनीले प्रदेश र संघको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि गएका छन।
चुनाबी तालमेल र निर्वाचन पश्चात पार्टी एकताको सम्झौता गरेका एमाले र माओवादीबिचको बाम गठबन्धनका लागि पंगेनीको गित कति फाप्छ त्यो भने हेर्न बाँकी छ।
यस पटक 'अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रो हातमा छ' भन्दै गायक बद्री पंगेनीको आवाजमा चुनावी गीत सार्वजनिक भएको छ ।
यो चितवनका जनतासँग भोट माग्नेगरि केन्द्रित गरेर बनाइएको पछिल्लो चुनावी गीत हो । यस गीतमा प्रचण्ड देशको भविष्य भएको भन्दै चितवनका जनतालाई प्रचण्ड जिताउन र बाम गठबन्धनलाई नै भोट दिन आग्रह गरिएको छ ।