शुक्रबार दुई नेपाली चलचित्र रिलिज भएका छन् । आज सोसल ड्रामा फिल्म ‘राज्जा रानी’ र कमेडी फिल्म ‘फिर्के’ रिलिज भएका हुन् ।
‘राज्जा रानी’ को मुख्य कलाकारमा नाजिर हुसौन तथा केकी अधिकारी रहेका छन् । चलचित्रमा तराई क्षेत्रमा रहेको दाइजोका कारण छोरीले भोग्नुपरेको दाइजो हिंसाको कथालाई उठान गरिय्तेको छ। यम थापाको निर्देशकिय डेब्यू यस फिल्मका अन्य कलाकारमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतको अभिनय छ। फिल्ममा नायिका रेखा थापाले विशेष भूमिकामा अभिनय गरेकी छन्।
उता फिर्के ‘ईकु’ नामबाट दर्शकहरूमा चर्चित रहेका सुलेमान शंकर निर्देशित चलचित्र हो । हास्य कलाकार रवि डँगोलको निर्देशकिय डेब्यू फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।