डिशहोमको रमाइलो टिभीमा थपिए समसामयिक बिषयका ३ नयाँ कार्यक्रम, भाइटिकादेखि प्रशारण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 07, 2018 | 09:11:49 AM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले तीनवटा नयाँ कार्यक्रम प्रशारणमा ल्याएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफैले प्रवर्दन गरेका च्यानलहरु प्रशारण गरिरहेको डिशहोमले भाईटिकाको दिनदेखि प्रशारण हुनेगरी नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु संचालनमा ल्याएको हो। 

नयाँ कार्यक्रममा नारी समवेदनामा आधारित सामाजिक टेलिश्रृंखला “दृष्टी”, समाजमा घटेका अपराधिक सत्यघटनामा आधारित रहेर (सिआइबि फाइललाई आधार मानि) नाट्य रुपान्तरीत कार्यक्रम “अपराध” र हास्यँ कलाकारहरुको अभिनय रहेको “एकादेशको चुरीफूरी” र “लुछाचुँडी” रहेका छन। डिशहोमले प्रवर्दन गरेका च्यानलहरु मध्ये दर्शकले रुचाएको रमाइलो टिभीमा यी नयाँ कार्यक्रमहरु प्रशारण हुनेछन। 

रमाइलो टेलिभिजनमा हाल प्रशारण भईरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफल जस्ता कार्यक्रमहरु दर्शकमाझ अत्यन्त रुचाईएका छन् ।

चर्चित निर्देशक ऋषि लामिछाने निर्देशित “दृष्टी”,मा सरिता लामिछाने, मिथिला शर्मा, कविता गेलाल र स्वयं निर्देशक ऋषि लामिछानेको मुख्य भुमिका रहेको छ। टेलि श्रृखंला “दृष्टी” प्रत्येक शुक्रवार साँझ ८ः ३० बजे रमाईलो टेलिभिजनमा  प्रशारण हुनेछ ।

त्यस्तै रानिबारी हत्याकाण्ड, बसन्तपुर एसिड आक्रमण जस्ता घटनाहरुको सम्पुर्ण विवरण सहित नाट्य रुपान्तरण गरिएको कार्यक्रम अपराध प्रत्येक शनिवार साँझ ८ः३० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुनेछ ।

दर्शकलाई पेट मिचि मिच हसाँउने कार्यक्रम “एकादेशको चुरीफूरी” प्रत्येक शुक्रवार साँझ ८ः०० बजे र “लुछाचुँडी” प्रत्येक शनिवार साँझ ८ः०० बजे रमाईलो टेलिभिजनमा प्रशारण हुने छन् ।

डिश मिडिया नेटवर्कले रमाईलो टेलिभिजनका अलावा नेपालकै पहिलो तथा एकमात्र खेलकुद च्यानल एक्शन स्पोर्टस्, नेपाली चलचित्रहरु प्रशारण हुने च्यालन प्लस मुभि, गीत संगीतका च्यानलहरु गुञ्जन, सिने हिट्स र बलिउड बिट्स, बाल बालिकाहरुका लागि जुनियर टिभि जस्ता च्यानलहरु संचालन गरिरहेको छ। यी च्यानलहरु डिशहोम डि.टि.एच र सिम टिभि डिजिटल केबल नेटवर्कमा प्रशारण भइरहेका छन् ।

त्यसैगरी निकट भविष्यमा मेघा धारावाहिक श्रृंखला, रियालिटी शो, लभ सिरिज, हरर र थ्रिलर सिरिज पनि निर्माण गरि प्रसारण गरिने डिशहोमले जनाएको छ। रमाईलो एचडि तथा  एक्शन स्पोर्टस् एचडिका लागि ओरिजिनल ईन्टर्टेन्मेन्ट प्रा.लि.(ओइपिएल) ले कार्यक्रमहरु उत्पादन गर्दै आईरहेको छ । ओइपिएलले यसका अलावा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु र विज्ञापन निर्माण तथा प्रसारण गर्ने कन्टेन्ट हबको रुपमा पनि अगाडि बढी रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved