ग्रामिण परिवेश र संस्कृति झल्काउने 'जोखाना'

दिलिप खड्का

दिलिप खड्का

Apr 15, 2019 | 11:50:48 PM मा प्रकाशित

laxmi bank

काठमाण्डौँको मन्डला थियटरमा नाटक जोखाना ’मञ्चन भैरहेको छ ।  किरन चाम्लिन राइको परिकल्पना र निर्देशन रहेको नाटक बियस राईको कथासंग्रह ‘हिउँमाझी’मा संग्रहित कथामा आधारित छ । 

१० बर्षे जनयुदको समयमा आफ्नो श्रीमान् साकेला नाच्ने क्रममा गाउँबाट हराएपछि एउटी महिलाले भोग्नु परेको साँस्कृतिक, राजनैतिक नियति नाटकमा देखाउन खोजिएको छ । धनसुवा आफ्नो पति जसे साकेला नाच्ने क्रममा वेपत्ता भएपछि आफ्नो नावालक छोरालाइ हुर्काउदै जिवन निर्वाह गरिरहेकी छिन । समाजले उनको पतिलाइ मृत घोषित गरेपनि उनि सहमत हुन सकिरहेकि छैनन । छोरो निछालाइ हुर्काउदै पिडाहरुको वोझलाइ झेलेर बाचिरहेकी छिन् धनसुवा । छोरा निछालाई समाजले भनेजस्तै उस्को पापा मरिसक्यो भन्ने लाग्छ । पप फर्केर आउंछन भन्नेमा उसलाई अलिकति पनि बिश्वास छैन । 

धनसुवाले सेलेमिलाइ जोखाना हेराउने निधो गर्छिन । सेलेमिले जसे मरिसकेको तर उसको आत्मा यतै वरिपरि भड्किरहेको कारण दुख दिनसक्ने बताउछ । उस्को क्रियाकर्म चाडै नै गर्न सुझाउछ । सबै छरछिमेक दाजुभाइ जम्मा भएर उस्को आत्मालाइ मुक्ति दिन सेलेमिलाइ बोलाइ सबै कार्य सकाउछन । 

 गाउमा मोटरबाटो खन्ने काम सुरु हुन्छ । रमाइला कुराहरु गर्दै बाटो खनिरहदा पर बाट कोहि आउदै गरेको हुन्छ । जब त्यो मान्छे नजिक आइपुग्छ सबै तर्सिदै पर पर भाग्छन । त्यो मान्छे अरु कोहि नभएर मरिसक्यो भनेर काजक्रिया गरिसकेको जसे हुन्छ । सबै दाजुभाइ छरछिमेकिले सेलेमिको कुरा साँचो मानेर आफुहरुबाट गल्ति भएकोमा माफि माग्छन । धनसुवाले पनि माफि माग्छिन ।

 सेलेमिले पनि यतिबेला सबै पितृहरु रिसाएको, ,तिनचुला पुज्न छाडिसकेकोले जोखाना कसरि मिल्छ भनेर प्रश्न गर्छ ।  यो सबैबाट जसे अत्यन्तै दुखि हुन्छ र फेरि उहि बाटो फर्केर जान्छ । सबैजनाले रोक्न खोज्छन उ रोकिदैन । जसरी उभौलि आएपछि कयाङकुरुङ आफ्नो घर फर्कन्छ त्यसरी नै समय आएपछि फर्कि आउछु भनि उ सरासर बाटो लाग्छ ।


परिवेश

देशमा जनयुद्द चलिरहेको वेलाको सेरोफेरोमा नाटक रहेको छ ।  वेपत्ता भएका व्यक्तिको परिवारले कसरि जिवन निर्वाह गरेका थिए, नावालक छोराछोरिले आफ्नो बुबाको बारेमा सोध्दा एक निरिह आमाले के जवाफ दिन्छिन लगायतका बिषयमा यसमा समाबेश छ। एकल महिलालाइ समाजले हेर्ने दृष्टिकोण र पुरुषवादी सोच हावि भएको समाजमा  महिलालाइ गरिने ब्यबहार नाटकमा देख्न पाइन्छ । 

केराको रुख, तान बुन्ने सेतो डोरी, तिनचुलाको विम्वात्मक चित्र नाटकभरि देखिन्छ । वाँसका चोयाहरुबाट तिनचुला निर्माण गरिएको छ । प्रकाश र संगीतले नाटकलाई थप मजबुत बनाएको छ । 

सस्कृति 

पुर्वि नेपालका किरातहरुले नाच्ने साकेला, सिलि  नाच नाटकमा हेर्न सकिन्छ । नाटकमा पुरै किराति सस्कृतिलाई देखाउने प्रयत्न गरिएको छ । लाहुरेमा भर्ति हुन जाने युवाहरुको चाहनालाई पनि नाटकमा प्रस्तुत गरिएको छ । राइहरुले बोल्ने लवज नाटकमा सुन्न सकिन्छ ।  

नाटकमा रूपेश लामा, सञ्जीव राई, मनहाङ लावती, अनील सुब्बा, पवित्रा राई, निशा पाख्रिन, कवि राई, सुदर्शन क्षेत्री, दिवान रसाइली र मनीकुमार राईको अभिनय रहेको छ ।  जोखाना बैशाख ८ गतेसम्म मन्चन हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved