रेशम पुनको ‘ए मेरी जुरेली’ (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 09:37:10 AM मा प्रकाशित

laxmi  sunrise bank

गायक रेशम पुनको स्वरमा रहेको ‘ए मेरी जुरेली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकपप शैलीको गीतमा शब्द तथा संगीत रेशम पुनकै रहेको छ भने पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन् । 

श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका हुन् । भिडियोमा कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेतको अभिनय छ । केशव अधिकारीको छायाँकन, सविना राउतको कोरियोग्राफि रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका हुन् । 

भिडियोमा रिसाएकी आफ्नी प्रेमिकालाई फकाउन मागेर ल्याएको नयाँ लुगामा ठाँटिएर नाच्न नजाने पनि जसोतसो नाच्ने एउटा प्रेमीको अथक प्रयास देखाउन खोजिएको छ ।

भिडियोः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved