पैसा तिरेर हेर्नुपर्ने गरी ‘ओटीटी एप’मा गएको ‘सक्किगोनि’ किन युट्युबमै फर्कियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2021 | 12:07:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित हाँस्य टेली श्रङ्खला ‘सक्किगोनि’ युट्युबमा नआउने चर्चा केही दिन अगाडी चल्यो । यो कार्यक्रमको उत्पादक ‘जेपीटी क्रियशन’ले डिजिटलाइज्डको जिम्मा दिएको कम्पनी ‘ए अइट (८) फिल्म’ ले ओटीटी एपमार्फत भिडियो अपलोड गर्ने भनेको थियो ।

ओटीटीमा भिडियो हेर्न पैसा तिर्नुपर्ने हुन्छ । तर, यो हाँस्य टेली श्रङ्खला ‘सक्किगोनि’ फेरि युट्युबमै फर्किएको छ । ए अइट फिल्मले सम्पूर्ण डिजिटलाइज्डको जिम्मा लिएकाले फेरि युट्युबमै फर्किनुको पछाडी आफूहरुको कुनै हात नरहेको ‘सक्किगोनिका लेखक÷निर्देशक कुमार कट्टेल (जिग्री) बताउँछन् ।

‘ओएसआर डिजिटलसँग हाम्रो एग्रिमेन्ट सकिएपछि हामीले अर्को कम्पनीसँग एग्रिमेन्ट गरेका थियौँ’ कुमारले बिजपाटीसँग भने, ‘सबै डिजिटल प्लेटर्फममा जाने काम उहाँहरुले गर्ने भन्ने थियो, तर टेक्निकल प्रवलम आएर फेरि युट्युबबाटै जाऔ भनेर फर्किएको हो, अरु केही होइन ।’

युट्युब च्यानल नै बिक्रि

ओटीटी एपबाट युट्युबमै फर्किएपछि सक्किगोनिको आधिकारिक युट्बयु च्यानल ‘जेपीटी क्रियशन’ निर्माण पक्षले डिजिटल साझेदारलाई बिक्रि गरेको छ । ओटीटी एपमा ए अइट फिल्मले व्यवस्थित तरिकाले कार्यक्रम अपलोड गर्न नसकेपछि युट्युबमै फर्किएकाले उसले जेपीटी क्रियशन युट्युब च्यानल नै लिएको हो ।

‘ओटीटीमा जाँदा कम्पनीको प्राविधिक समस्या त थियो नै, सँगै दर्शक पनि निराश हुनुभयो’ कुमारले थपे, ‘त्यसपछि फेरि युट्युबबाटै जाने भएपछि उहाँहरु (ए अइट फिल्म) ले जेपीटी क्रियशन अफिसियल भन्ने च्यानल हामीलाई दिनुहोस् भन्नुभयो, हामीले दियौँ । अब नियमित रुपमा पहिलाकै समयमा जेपीटी क्रियशनमै सक्किगोनि अपलोड हुन्छ ।’

ओटीटीमा जाँदा के थियो सम्झौता ?

सक्किगोनिको निर्माण पक्षले डिजिटल पार्टनरलाई डिजिटलको जिम्मा दिँदा ओटीटी एपमा नियमित समयमै एपिसोडहरू राख्ने र त्यसबापत निश्चित शुल्क उठाउने भन्ने सम्झौता थियो । सँगै, ओटीटीमा अपलोड भएको एपिसोड एक हप्तापछि मात्रै युट्युबमा राख्ने पनि उल्लेख थियो ।

क्लियर टिभी, डिशहोम गो, नेटटिभी, ओहो मुभिज, भाया टिभी लगायतका ओटीटी एपमा रियल टाइम हेर्न पैसा तिरेर हेर्न सकिने भनिएको थियो । यसका लागि प्रति एपिसोड एक जना दर्शकले १९ रुपैयाँ तिर्नुपर्ने सम्झौतामा उल्लेख थियो ।

तर, पहिलो भाग नै टिभीमा प्रशारण भएको २ दिनपछि मात्रै ओटीटी एपमा आयो । दोस्रो भाग पनि एकाध घण्टा ढिला मात्रै अपलोड भएपछि निर्माण पक्षले असन्तुष्टि राख्यो । अझ, एक भाग त अर्को च्यानलबाट युट्युबमा समेत आयो । त्यसपछि निर्माण पक्ष साइबर ब्यूरोमा समेत पुग्यो ।

त्यसलगत्तै पुनः युट्युबमै फर्किने गरी तयारी भयो । र, बिहिबारको एपिसोड पूरानै समयमा युट्युबमा अपलोड पनि भईसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved