दरबारमार्गमा खुल्यो लक्जरीयस ‘दरबार सिनेम्याक्स’ हलः सिटबाटै खाजा अर्डर, मदिरा बार पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2022 | 06:48:52 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको दरबारमार्गस्थित दरबार मलमा ‘दरबार सिनेम्याक्स’ सञ्चालनमा आएको छ । गुण ग्रुपले नयाँ वर्षको अवसर पारेर  ‘दरबार सिनेम्याक्स’ लक्जरियस हल सञ्चालनमा ल्याएको हो । 

दरबार सिनेम्याक्सका प्रबन्ध निर्देशक दिप्रश शाक्यका अनुसार दरबार सिनेम्याक्स सिनेमाहलको व्यवस्थापन क्यूएफएक्सले गरेको हो । हल भित्र ५३ जना र ५० जना अट्ने २ वटा हल छन् । 

२ वटै हलमा अत्याधुनिक साउण्ड सिस्टम स्क्रिनसहित खाना र खाजाको बार पनि छ । दर्शकले आफू बसेकै सिटबाट खाना अर्डर गर्न सक्ने छन् । 

सिनेमा हेर्दै मदिरा पिउनेहरुका लागि भित्रै छुट्टै बारको पनि व्यवस्था गरिएको छ । हलमा विहान ७ः४५ देखि राती ९ः४५ बजेसम्म ९ वटा शो देखाइने छ । 

हलको टिकट १ हजार रुपैयाँदेखि १२ सय रुपैयाँसम्म तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved