उद्यमीहरूका लागि चलचित्र 'K.G.F.' ले सिकाउँछ यी ४ महत्त्वपूर्ण पाठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 07:03:42 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकै दोस्रो ठुलो सुन खानीको बिषयमा आधारित फिल्म हो, कोलार गोल्ड फिल्ड्स अर्थात केजिएफ। हालै मात्र रिलिज भएको यो फिल्मले भारतमा मात्र होइन नेपालमा पनि राम्रै ब्यापार गरेको थियो।  रिलिज भएको महिनादिनमै यस फिल्मले झन्डै सवा ३ अर्ब रुपैयाँ संकलन गर्न सफल भएको थियो। 

भारतको कर्नाटक राज्यको कोलार जिल्लामा अवस्थित सुनको खानीको बिषयमा बनेको फिल्म हो केजीएफ। भनिन्छ, १२१ बर्षको इतिहासमा यस खानीबाट झन्डै ९०० टन सुन निकालिएको छ। 

यो फिल्ममा अरु बिषय जति चर्चित र मनपराईएका छन्, त्यसैगरि मानिसहरु यो सुन होस् वा कोइला खानिको दुनियामा आफू किन प्रवेश गर्छन भन्ने कुरा देखाइएको छ। मानिसहरु कोइला वा अरु सामान्य खानिमा आफ्नो पाइला राख्न आतुर हुन्छ, त्यसमाथि सुनको खानीमा आफु अव्वल हुने चाहना कसलाई नहोला ?

जसरी सुनको खानीको पछाडी सबै लागेका छन् र लाग्न चाहन्छन, त्यसैगरी उद्योग, व्यवसाय वा उद्यमशिलतामा पनि मानिसहरु त्यसैगरि लागिपरेका हुन्छन। 

जब तपाई सफल उद्यमीको सफलताको कथा सुन्नुहुन्छ, तपाई आफुलाई रोक्न सक्नुहुन्न। जसै तपाइँ कुनै सफल उद्यमी वा व्यवसायीको कथा सुन्नुहुन्छ, तपाईलाई पनि उसले गर्न सक्छ भने म गर्न किन सक्दिन भन्ने भावना जाग्छ र यो स्वभाविक पनि हो। 

धनी र सफल बन्न सबै चाहन्छन तर त्यसका लागि कठोर मिहिनेत गर्न र बलिदान दिनलाई कमै व्यक्तिहरु तयार हुन्छन। हो, यसरी कठोर मिहिनेत गर्न र बलिदान दिनलाई जोखिम मोल्न सक्ने कम व्यक्तिहरुमध्येबाटै थोरै व्यक्ति सफल बन्ने गर्दछन। 

हो यस्तै कथा भएको फिल्म हो केजीएफ। र यस फिल्मले मात्र मनोरञ्जन मात्र दिएको छैन, बरु यहाँ एउटा सफल उद्यमी बन्न के गर्नुपर्दछ र के गर्न सकिन्छ भन्ने कुराको राम्रो संदेश दिएको छ।       

१। 'आमा एक दिन संसारको सबै सुन तपाईलाई ल्याएर दिनेछु...'

केजीएफ फिल्मको एउटा भनाई मात्र होइन यो। यसले धेरै ठुलो संदेश बोकेको छ। 

उद्यमीको रुपमा हामीलाई यो थाहा हुन आवश्यक छ कि हामि के गरिरहेका छौँ र किन गरिरहेका छौं। एक पटक जब आफ्नो उदेश्यबारे स्पष्ट हुन्छौं तब चिजबिज र योजनाहरु सहि हुन पुग्छन। यस फिल केजीएफमा नायक रांकीलाई सुरुदेखि नै यो उदेश्य थियो। किनकी उनि आफ्नो आमाको अडानलाई पुरा गर्न र आफ्नो आमाको लागि पुरै संसारको सुन पाउने प्रयास गरिरहेका थिए। र त्यहि प्रयासले नै उनलाई त्यो सफलतासम्म पुर्यायो। त्यसैले एउटा व्यक्तिले सफल उद्यमी बन्न उसले आफुले उद्यम सुरु गर्न अगाडी के गरिरहेको छ र किन गरिरहेको छ भन्ने कुराबारे स्पष्ट बुझ्न जरुरि छ।  

.'मैले पाइला राखिसकेको छु, खेलको नियम परिवर्तन भईसकेको छ, बदमास न्याउरी सर्प सिंढीको खेलमा प्रवेश गरिसकेको छ'

फिल्मको अर्को भनाई हो यो। यसले तपाईलाई तपाईको सपना पुरा गर्नलाई तपाईसँग हिम्मतको आवश्यक पर्छ भन्ने संदेश दिएको छ। असम्भवलाई प्राप्ति गर्नको लागि डराउँन जरुरत छैन, बरु यसका लागि तपाईलाई तपाईको त्यो लक्ष्यसम्म पुग्नलाई सहयोग मिल्नेछ जुन लक्ष्य तपाई भेट्टाउँन चाहानु भएको छ। 

डर नहुनु त्यो पागलपन हो जुन तपाईलाई आवश्यक छ।  केजीएफ मा जस्तै रांकीलाई सुनको खानिको व्यवसायको मालिक हुने असाधारण लक्ष्य प्राप्ति गर्नको लागि पागलपन आवश्यक भएझैं तपाईलाई पनि आफ्नो लक्ष्यको लागि यो आवश्यक छ।   

३.'यदि तिमीमा हिम्मत छ कि हजार मानिस तिम्रो पछाडी उभिएका छन्, यसले तिमिलाई मात्र एक युद्द जिताउनेछ तर हजार मानिसहरुमा तिमि अगाडी छौं भन्ने हिम्मत जुट्यो भने तिमीले नेताको रुपमा विश्व जित्नेछौं '

केजीएफ को अर्को भनाई हो यो। 

जसरी कुनै पनि व्यवसाय ग्राहक र अनुयायी बीना चल्दैन। त्यसैगरि यस फिल्मको नायक रांकीलाई यो थाहा थियो कि जबसम्म आफ्नो ग्राहक को हो भन्नेबारे थाहा हुदैन तबसम्म बलियो र मजबुत व्यवसाय बन्न सक्दैन। रांकी आफ्नो अनुयायीसँग संगै हुन्थे र उनीहरुको नेता बन्नु अगाडी उनीहरुको समस्या बुझ्थे। 

तपाईलाई अगाडी बढ्न जरुरि छ, र एक मजबुत टिमको नेतृत्त्व लिने कोशिसका लागि एउटा मजबुत तरिका हो आफ्नो अनुयायीको समस्या बुझ्नु।     

.'लडाईमा को पहिला मर्छ यसले केहि फरक पर्दैन, फरक यसले पर्छ कि पहिले को तल खस्यो'

फिल्मको अर्को भनाई हो यो। 

पहिलो पटक तपाइँलाई मिल्ने अवसरमा प्रतिस्पर्धीलाई मार्नु महत्त्वपूर्ण कुरा हो। केजीएफ को सुरुवातमा यो भन्दा राम्रो उदाहरण तपाइँलाई मिल्नेछैन। अध्याय २ मा नायक रांकी ले कुनै समय खर्च नगरी पहिलो अवसरमा नै आफ्नो दुरदर्शितालाई समाप्त गर्दिका छन्।

जसरी केजीएफमा रांकीले आफ्नो वास्तविक प्रतिस्पर्धी अधिरालाई बीचमै छोड्ने गल्ति गर्दैन, जसले भविष्यमा समस्या सिर्जना गर्न सक्छ वा पछिपनि दोहोर्याएर पटक पटक समस्या दिन सक्छ। स्थिर हुँदा प्रतिस्पर्धालाई गलत संकेत दिन सक्छ। प्रतिस्पर्धीलाई समय दिने गल्ति हुँदा  तपाइँले प्रतिस्पर्धीको व्यवसायलाई समाप्त गर्नुभन्दा पहिल्यै तपाईको व्यवसाय उसले सिध्याउन सक्छ।   

(ब्रिक, सिमेन्ट एण्ड डटकमका लेखक तथा BeckMe.com र जेमिनी ग्रुपका सह-संस्थापक दीप मल्होत्राको लेखको सहयोगमा)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved