युरोकपको अन्तिम १६ मा पुग्न कुन देशलाई कस्तो नतिजा चाहिन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 10:59:33 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपमा जारी युरो कप प्रतियोगिताको २ चरणको खेलहरु सकिएका छन् । आज आइतबारबाट समुहचरणको अन्तिम चरणको खेलहरु हुने छन् ।  यस चरणमा एकै समय २ वटा खेल हुने छन् । 

हालसम्म ३ वटा टोली मात्र अन्तिम १६ अर्थात नकआउट चरणमा पुगेका छन् । दुई वटै खेल जित्दै  समान ६-६ अंक जोडेका इटाली, नेदरल्याण्ड र बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गरिसकेका छन् । 

यहाँ हामी कुन टोलीको अन्तिम १६ पुग्ने सम्भावना कायमै छ र कसरी अन्तिम १६ मा पुग्न सक्छ भन्नेबारे विश्लेषण गरेका छौ । हरेक समुहका बिजेता र उपविजेता सहित तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टिम अन्तिम १६ मा पुग्ने छन् । 

कसको सम्भावना कति ?

समुह ए 

इटाली : इटालीले अब वेल्ससंग खेल्न बाँकि छ । इटाली यस अघि नै अन्तिम १६ मा पुगिसकेको छ ।  वेल्ससंग पराजित नभएमा इटाली समुह बिजेता बन्ने छ। 

वेल्स: वेल्सले अब इटाली खेल्ने छ ।  वेल्सले इटालीलाई बराबरीमा रोकेमा वा स्विजरल्याण्डले टर्कीलाई नहराएमा वेल्स समुहको शिर्ष २ मा रहने छ ।  

स्विजरल्याण्ड : स्विजरल्याण्डले अब टर्कीसंग खेल्ने छ ।  यदि स्विजरल्याण्डले टर्कीलाई हराएमा र वेल्स हारेमा स्विजरल्याण्ड शिर्ष २ मा रहन सक्ने छ ।  यस्तो अवस्था गोल डिफरेन्सको आधार शिर्ष २ छनौट हुने छ ।  यदि स्विजरल्याण्ड हारेमा शिर्ष २ मा पर्ने छैन ।  

टर्की : टर्की शिर्ष २ मा पर्न सक्ने छैन ।  तर स्विजरल्याण्डलाई हराएमा समुहमा तेस्रो हुन सक्ने छ ।  

 समुह बि : 

समुह बिमा अब रसियाले डेनमार्कसंग र फिनल्याण्डले बेल्जियमसंग खेल्न बाँकि छ । 

बेल्जियम : बेल्जियम अन्तिम १६ मा पुगिसकेको छ र बराबरी खेलेपनि समुह बिजेता बन्ने छ ।  

रसिया :  रसियाले डेनमार्कलाई हराएमा अन्तिम १६ मा पुग्ने छ , यदि फिनल्याण्डले बेल्जियमलाई पराजित नगरेमा र रसियाले बराबरी खेलेमा पनि रसिया अन्तिम १६ मा पुग्ने छ ।  

फिनल्याण्ड: जित हात पारे फिनल्याण्ड अन्तिम १६ मा पुग्ने छ, यदि फिनल्याण्डले बराबरी खेलेमा र डेनमार्कले रसियालाई पराजित गरेमा पनि फिनल्याण्ड अन्तिम १६ मा पुग्ने छ । 

डेनमार्क : यदि डेनमार्कले रसियालै इपरजित गरेमा र बेल्जियमले फिनल्याण्डलाई पराजित गरेमा डेनमार्क दोस्रो स्थानमा पुग्न सक्छ, तर ति खेलमा हानिएको गोलमा यो भर पर्ने  छ ।  

समुह सी : 

समुह सीमा अब नर्थ मेसोडोनियाले नेदरल्याण्डसंग र युक्रेनले अष्ट्रीयासँग खेल्न बाँकि छ ।  

नेदरल्याण्ड: नेदरल्याण्ड समुह बिजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ ।   

युक्रेन: जित वा बराबरी खेलेमा युक्रेन दोस्रो स्थानमा रहँदै अन्तिम १६ पुग्ने छ ।   

अष्ट्रिया : युक्रेनलाई पराजित गरेमा मात्र अष्ट्रिया दोस्रो स्थानमा रहन सक्छ ।   

नर्थ मेसोडोनिया : जुन सुकै नतिजा आएपनि नर्थ मेसोडोनिया अन्तिम १६ मा पुग्न सक्ने छैन ।   


समुह डि : 

समुह डिमा अब क्रोएसियाले स्टकल्याण्डसंग र चेक रिपब्लिकले इंग्ल्यान्डसंग खेल्न बाँकि छ । 

चेक रिपब्लिक : इंग्ल्यान्डसंग पराजित नभएमा चेक रिपब्लिक समुह बिजेता बन्दै अन्तिम १६ पुग्ने छ । यदि इंग्ल्यान्डसंग पराजित भएमा र स्कटल्याण्डले क्रोएसियालाई पराजित गरेमा चेक रिपब्लिक दोस्रो हुदै अर्को चरण पुग्न सक्छ ।  चेक रिपब्लिक हारेमा तेस्रो रहन सक्छ तर त्यसको लागि क्रोएसिया जित्नु पर्छ र क्रोएसिया गोल डिफरेन्समा अगाडी हुनु पर्छ ।  

इंग्ल्यान्ड : इंग्ल्यान्डले चेक रिपब्लिकलाई पराजित गरेमा इंग्ल्यान्ड समुह बिजेता बन्नेछ  ।  इंग्ल्यान्ड बराबरी खेलेमा र स्टकल्याण्डले नजितेमा पनि इंग्ल्यान्ड अर्को चरण पुग्ने छ  । यदि इंग्ल्यान्ड पराजित भएमा र गोल डिफरेन्समा अगाडी हुने गरि स्कटल्याण्डले जितेमा इंग्ल्यान्ड तेस्रो हुने छ  ।  

क्रोएसिया : तेस्रो रहेर पनि छनौट हुनको लागि क्रोएसियाले जित निकाल्नु अनिवार्य छ, तर चेक रिपब्लिकलाई गोल डिफरेन्सको आधारमा पछाडी पारेमा क्रोएसिया दोस्रो हुन सक्नेसम्भावना छ  ।  

स्टकल्याण्ड : कम्तिमा पनि तेस्रो हुनको लागि स्कटल्याण्डले जित निकाल्नु अनिवार्य छ , र जित निकालेमा गोल डिफरेन्सको आधारमा इंग्ल्यान्डलाई पछि पारेर दोस्रो रहन सक्छ ।  

समुह ई 

समुह ई मा अब सोल्भाकियाले स्पेनसंग र स्वेडेनले पोल्याण्डसंग खेल्न बाँकि छ 

स्विडेन: पोल्याण्डसंग पराजित नभएमा स्वेडेन अर्को चरण पुग्ने छ ।  यदि स्विडेनले हारेमा र अर्को खेल बराबर भएमा स्विडेन, सोल्भाकिया र पोल्याण्डको बराबर अंक हुने छ र गोल डिफरेन्सको आधारमा छनौट हुने टिम छुट्याईने छ ।  स्विडेन पराजित भएमा तेस्रो स्थानमा रहने छ ।  

स्लोभाकिया : स्पेनलाई पराजित गरेमा स्लोभाकिया अर्को चरण पुग्ने छ ।  स्विडेन पराजित नभएमा र स्लोभाकियाले बराबरी गरेमा पनि स्लोभाकिया अर्को चरण पुग्ने छ ।  

स्पेन : स्लोभाकियालाई पराजित गरेमा स्पेन अर्को चरण पुग्ने छ ।  यदि सोल्भाकियासंग बराबरी खेलेमा र अर्को खेल पोल्याण्डले नजितेमा स्पेन तेस्रो हुने छ । 

पोल्याण्ड : यदि पोल्याण्डले खेल जितेमा  र अर्को खेल बराबरी नभएमा पोल्याण्ड दोस्रो हुदै अर्को चरण पुग्ने छ ।   

समुह एफ : 

समुह एफमा अब पोर्चुगलले फ्रान्ससंग र जर्मनीले हंगेरीसंग खेल्न बाँकि छ ।   

फ्रान्स : पोर्चुगलसंग पराजित नभएमा वा अर्को खेल बराबरी भएमा फ्रान्स अर्को चरण प्रवेश गर्ने छ । फ्रान्सले जितेमा वा फ्रान्सले बराबरी खेलेर जर्मनीले हंगेरीलाई पराजित नगरेमा फ्रान्स समुह बिजेता हुने छ ।    यदि फ्रान्स र जर्मनी दुई वटै टिम हारेमा दोस्रो स्थान गोल डिफरेन्सको आधारमा तय हुने छ ।    

जर्मनी : जित निकालेमा वा आफुले बराबरी खेलेर फ्रान्स नहारेमा जर्मनी छनौट हुनेछ । आफुले जितेमा र अर्को खेलमा फ्रान्स पराजित भएमा जर्मनी समुह बिजेता बन्ने छ ।   जर्मनीले बराबरी खेलेमा र फ्रान्स पराजित भएमा जर्मनी तेस्रो हुने छ ।    आफु पनि पराजित भएमा र पोर्चुगल पनि पराजित भएमा पनि जर्मनी तेस्रो रहने छ ।    

पोर्चुगल : जित निकालेमा पोर्चुगल अर्को चरण पुग्ने छ ।  पोर्चुगलले बराबरी खेले पनि जर्मनी हारेमा पोर्चुगल अर्को चरण पुग्ने छ ।  पोर्चुगल जितेमा र जर्मनी पराजित भएमा पोर्चुगल समुह बिजेता बन्ने छ ।    पोर्चुगल र जर्मनी दुवै टिम हारेमा पर्चुगल चौथो हुदै प्रतियोगिताबाट बाहिरिने छ ।   

हंगेरी : हंगेरीले आफ्नो खेल जितेम र पोर्चुगल पराजित भएमा हंगेरी दोस्रो हुदै अर्को चरण पुग्ने छ ।    यदि हंगेरीले जितेमा र फ्रान्स पराजित भएमा गोल डिफरेन्सको आधारमा दोस्रो स्थान तय हुने छ ।   हंगेरी जितेमा र अर्को खेल बराबरी भएमा हंगेरी तेस्रो स्थानमा रहने छ ।    

 

 

बिजपाटीमा 'Predict & win' प्रतियोगिता

 युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले 'predict & win' प्रतियोगिता संचालन गरिरहेको छ । युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो 

यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भईरहेको छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ । 

खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको  'predict & win' प्रतियोगिता संचालन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved