इटलीसँग हारेर पनि वेल्स अर्को चरणमा, के हुन्छ स्विट्जरल्यान्डको अवस्था ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 12:13:16 AM मा प्रकाशित

laxmi  sunrise bank

युरोपमा जारी युरोकप फुटबल प्रतियोगिता अन्तर्गतको आइतबारबाट सुरु भएको समुह चरणको अन्तिम खेलको पहिलो प्रतियोगितामा इटलीले वेल्सलाई पराजित गरेको छ। त्यस्तै आजनै भएको अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई पराजित गरेको छ। 

खेल अगाडी नै अर्को चरणको प्रवेश गरेको इटालीसँग पराजित भएको वेल्स हारका बावजुत अर्को चरणमा प्रवेश गरेको छ। समान अंक बटुलेपनि कम गोल खाएका कारण स्विजरल्याण्ड भन्दा माथि रहँदै वेल्स अर्को चरणमा प्रवेश गरेको हो।

आजको खेलमा इटालीले वेल्सलाई १-० ले जितेको छ भने स्विजरल्याण्डले टर्कीलाई ३-१ अन्तरले पराजित गरेको छ।  स्विजरल्याण्डसँग पराजित भएको टर्की प्रतियोगिताबाट आउट भएको छ भने अर्को चरण प्रवेशको लागि स्विजरल्याण्डले अरु देशहरुको नतिजा पर्खनुपर्ने भएको छ। 

यो पनि: युरोकपको अन्तिम १६ मा पुग्न कुन देशलाई कस्तो नतिजा चाहिन्छ ?

आजको खेल पश्चात ९ अंक सहित इटली समुह ए को पहिलो स्थानमा छ भने वेल्स ४ अंक सहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै स्विजरल्याण्ड ४ अंक सहित तेस्रो तथा प्रतियोगिताबाट बाहिरिएको टर्कीको शुन्य अंक रहेको छ। 

जारी प्रतियोगितामा इटलीले ३ खेलमा ३ वटै खेल जितेको छ भने वेल्सले १ जित, १ बराबरी र १ पराजय बेहोरेको छ। त्यस्तै स्विजरल्याण्डले पनि १ जित, १ बराबरी र १ पराजय बेहोरेको छ।

यद्दपी वेल्सले भन्दा बढी गोल खाएकाले स्विजरल्याण्डले अर्को चरण प्रवेशको लागि अरु टिमको नतिजा पर्खनुपर्ने भएको हो। तेश्रो स्थानमा रहने उत्कृष्ट ४ टिम पनि अर्को चरणमा जाने भएकाले स्विजरल्याण्डको पनि अर्को चरणमा प्रवेशको सम्भावना कायम नै रहेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved