युरो कपमा आज ४ खेल , अर्को चरण पुग्न कुन टिमलाई कस्तो नतिजा आवश्यक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2021 | 09:42:54 AM मा प्रकाशित

laxmi  sunrise bank

युरो कप प्रतियोगिता अन्तर्गत आज सोमबार राति ४ वटा खेल हुदै छन् ।  आज समुह बि र समुह सी को समुह चरणको अन्तिम खेल हुने भएको हो ।  

समुह सी अन्तर्गत आज नेदरल्याण्डले नर्थ मेसोडेनियासंग खेल्ने छ भने युक्रेनले अष्ट्रियासँग खेल्ने छ ।  यो २ वटै खेल रति ९:४५ बजे सुरु हुने छ ।  त्यस्तै समुह बि अन्तर्गत आज रसियाले डेनमार्कसंग र बेल्जियमले फिनल्याण्डसंग खेल्ने छ ।  यी दुवै खेल राति १२:४५ बजे सुरु हुने छ ।  

बेल्जियम र नेदरल्याण्ड अर्को चरण प्रवेश गरिसकेका छन् ।  अन्य टोली भने अर्को चरण पुग्ने गरि नतिजा निकाल्ने लक्ष्यमा हुने छन् । नर्थ मेसोडेनिया बाहेक सबै टिमको अर्को चरण पुग्ने सम्भावना कायम नै छ 

यस्तो छ समुह बिको अवस्था 

समुह बि : 

समुह बिमा अब रसियाले डेनमार्कसंग र फिनल्याण्डले बेल्जियमसंग खेल्न बाँकि छ । 

बेल्जियम : बेल्जियम अन्तिम १६ मा पुगिसकेको छ र बराबरी खेलेपनि समुह बिजेता बन्ने छ ।  

रसिया :  रसियाले डेनमार्कलाई हराएमा अन्तिम १६ मा पुग्ने छ , यदि फिनल्याण्डले बेल्जियमलाई पराजित नगरेमा र रसियाले बराबरी खेलेमा पनि रसिया अन्तिम १६ मा पुग्ने छ ।  

फिनल्याण्ड: जित हात पारे फिनल्याण्ड अन्तिम १६ मा पुग्ने छ, यदि फिनल्याण्डले बराबरी खेलेमा र डेनमार्कले रसियालाई पराजित गरेमा पनि फिनल्याण्ड अन्तिम १६ मा पुग्ने छ । 

डेनमार्क : यदि डेनमार्कले रसियालै इपरजित गरेमा र बेल्जियमले फिनल्याण्डलाई पराजित गरेमा डेनमार्क दोस्रो स्थानमा पुग्न सक्छ, तर ति खेलमा हानिएको गोलमा यो भर पर्ने  छ ।  

यस्तो छ समुह सीको अवस्था 

समुह सी : 

समुह सीमा अब नर्थ मेसोडोनियाले नेदरल्याण्डसंग र युक्रेनले अष्ट्रीयासँग खेल्न बाँकि छ ।  

नेदरल्याण्ड: नेदरल्याण्ड समुह बिजेता बन्दै अन्तिम १६ मा पुगिसकेको छ ।   

युक्रेन: जित वा बराबरी खेलेमा युक्रेन दोस्रो स्थानमा रहँदै अन्तिम १६ पुग्ने छ ।   

अष्ट्रिया : युक्रेनलाई पराजित गरेमा मात्र अष्ट्रिया दोस्रो स्थानमा रहन सक्छ ।   

नर्थ मेसोडोनिया : जुन सुकै नतिजा आएपनि नर्थ मेसोडोनिया अन्तिम १६ मा पुग्न सक्ने छैन ।   


यो पनि: जर्मनी र अष्ट्रियाका कारण आजदेखि युरोकपका २ खेल एकै समयमा 

 

बिजपाटीमा 'Predict & win' प्रतियोगिता

 युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले 'predict & win' प्रतियोगिता संचालन गरिरहेको छ । युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो 

यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भईरहेको छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ । 

खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको  'predict & win' प्रतियोगिता संचालन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved