युरोकपमा आज २ खेल, अन्तिम १६ पुग्न कुन टिमलाई कस्तो नतिजा आवश्यक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 03:59:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 युरो कप फुटबल प्रतियोगिता अन्तर्गत आज २ खेल हुदै छन् । आज समुह डिमा रहेको क्रोएसियाले स्टकल्याण्डसंग र चेक रिपब्लिकले इंग्ल्यान्डसंग  प्रतिस्पर्धा गर्न लागेको हो। आजको दुवै खेल राति १२: ४५ बजे हुने छ । 

यस समुहबाट हालसम्म कुनै पनि टोली अन्तिम १६ मा पुगेका छैनन्। तर ४ वटा टोलीको अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम नै छ । 

कुन अवस्थामा कुन टोली अन्तिम १६ पुग्छ ? 

चेक रिपब्लिक : इंग्ल्यान्डसंग पराजित नभएमा चेक रिपब्लिक समुह बिजेता बन्दै अन्तिम १६ पुग्ने छ । यदि इंग्ल्यान्डसंग पराजित भएमा र स्कटल्याण्डले क्रोएसियालाई पराजित गरेमा चेक रिपब्लिक दोस्रो हुदै अर्को चरण पुग्न सक्छ ।  चेक रिपब्लिक हारेमा तेस्रो रहन सक्छ तर त्यसको लागि क्रोएसिया जित्नु पर्छ र क्रोएसिया गोल डिफरेन्समा अगाडी हुनु पर्छ ।  

इंग्ल्यान्ड : इंग्ल्यान्डले चेक रिपब्लिकलाई पराजित गरेमा इंग्ल्यान्ड समुह बिजेता बन्नेछ  ।  इंग्ल्यान्ड बराबरी खेलेमा र स्टकल्याण्डले नजितेमा पनि इंग्ल्यान्ड अर्को चरण पुग्ने छ  । यदि इंग्ल्यान्ड पराजित भएमा र गोल डिफरेन्समा अगाडी हुने गरि स्कटल्याण्डले जितेमा इंग्ल्यान्ड तेस्रो हुने छ  ।  

क्रोएसिया : तेस्रो रहेर पनि छनौट हुनको लागि क्रोएसियाले जित निकाल्नु अनिवार्य छ, तर चेक रिपब्लिकलाई गोल डिफरेन्सको आधारमा पछाडी पारेमा क्रोएसिया दोस्रो हुन सक्नेसम्भावना छ  ।  

स्टकल्याण्ड : कम्तिमा पनि तेस्रो हुनको लागि स्कटल्याण्डले जित निकाल्नु अनिवार्य छ , र जित निकालेमा गोल डिफरेन्सको आधारमा इंग्ल्यान्डलाई पछि पारेर दोस्रो रहन सक्छ ।  

बिजपाटीमा 'Predict & win' प्रतियोगिता

 युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले 'predict & win' प्रतियोगिता संचालन गरिरहेको छ । युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो 

यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भईरहेको छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ । 

खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको  'predict & win' प्रतियोगिता संचालन गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved