युरोकपको समुह चरणको अन्तिम ४ खेल आज, के हुँदा नकआउटमा पुग्छन् पोर्चुगल , जर्मनी र स्पेन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2021 | 09:27:59 AM मा प्रकाशित

laxmi  sunrise bank

युरो कप प्रतियोगिता अन्तर्गत आज समुह चरणका अन्तिम खेल हुदै छन् । आज समुह ई र समुह एफको अन्तिम चरणको खेल हुन लागेको हो  । जस अनुसार समुह ईको दुवै खेल नेपाली समय अनुसार ९:४५ मा हुने छ भने समुह एफको खेल नेपाली समू अनुसार रति राति १२ :४५ मा हुने छ  

समुह ई मा आज सोल्भाकियाले स्पेनसंग र स्वेडेनले पोल्याण्डसंग प्रतिस्पर्धा गर्न लागेको हो । त्यस्तै समुह एफमा  पोर्चुगलले फ्रान्ससंग र जर्मनीले हंगेरीसंग प्रतिस्पर्धा गर्ने छ ।   

हेर्नुस अन्तिम १६ मा पुग्न कसलाई कस्तो नतिजा आवश्यक ? 

स्विडेन: पोल्याण्डसंग पराजित नभएमा स्वेडेन अर्को चरण पुग्ने छ ।  यदि स्विडेनले हारेमा र अर्को खेल बराबर भएमा स्विडेन, सोल्भाकिया र पोल्याण्डको बराबर अंक हुने छ र गोल डिफरेन्सको आधारमा छनौट हुने टिम छुट्याईने छ ।  स्विडेन पराजित भएमा तेस्रो स्थानमा रहने छ ।  

स्लोभाकिया : स्पेनलाई पराजित गरेमा स्लोभाकिया अर्को चरण पुग्ने छ ।  स्विडेन पराजित नभएमा र स्लोभाकियाले बराबरी गरेमा पनि स्लोभाकिया अर्को चरण पुग्ने छ ।  

स्पेन : स्लोभाकियालाई पराजित गरेमा स्पेन अर्को चरण पुग्ने छ ।  यदि सोल्भाकियासंग बराबरी खेलेमा र अर्को खेल पोल्याण्डले नजितेमा स्पेन तेस्रो हुने छ । 

पोल्याण्ड : यदि पोल्याण्डले खेल जितेमा  र अर्को खेल बराबरी नभएमा पोल्याण्ड दोस्रो हुदै अर्को चरण पुग्ने छ ।   

समुह एफ : 

फ्रान्स : पोर्चुगलसंग पराजित नभएमा वा अर्को खेल बराबरी भएमा फ्रान्स अर्को चरण प्रवेश गर्ने छ । फ्रान्सले जितेमा वा फ्रान्सले बराबरी खेलेर जर्मनीले हंगेरीलाई पराजित नगरेमा फ्रान्स समुह बिजेता हुने छ ।    यदि फ्रान्स र जर्मनी दुई वटै टिम हारेमा दोस्रो स्थान गोल डिफरेन्सको आधारमा तय हुने छ ।    

जर्मनी : जित निकालेमा वा आफुले बराबरी खेलेर फ्रान्स नहारेमा जर्मनी छनौट हुनेछ । आफुले जितेमा र अर्को खेलमा फ्रान्स पराजित भएमा जर्मनी समुह बिजेता बन्ने छ ।   जर्मनीले बराबरी खेलेमा र फ्रान्स पराजित भएमा जर्मनी तेस्रो हुने छ ।    आफु पनि पराजित भएमा र पोर्चुगल पनि पराजित भएमा पनि जर्मनी तेस्रो रहने छ ।    

पोर्चुगल : जित निकालेमा पोर्चुगल अर्को चरण पुग्ने छ ।  पोर्चुगलले बराबरी खेले पनि जर्मनी हारेमा पोर्चुगल अर्को चरण पुग्ने छ ।  पोर्चुगल जितेमा र जर्मनी पराजित भएमा पोर्चुगल समुह बिजेता बन्ने छ ।    पोर्चुगल र जर्मनी दुवै टिम हारेमा पर्चुगल चौथो हुदै प्रतियोगिताबाट बाहिरिने छ ।   

हंगेरी : हंगेरीले आफ्नो खेल जितेम र पोर्चुगल पराजित भएमा हंगेरी दोस्रो हुदै अर्को चरण पुग्ने छ ।    यदि हंगेरीले जितेमा र फ्रान्स पराजित भएमा गोल डिफरेन्सको आधारमा दोस्रो स्थान तय हुने छ ।   हंगेरी जितेमा र अर्को खेल बराबरी भएमा हंगेरी तेस्रो स्थानमा रहने छ ।    

हालसम्म समुह ए बाट इटाली, वेल्स र स्विजरल्याण्ड, समुह बि बाट बेल्जियम र डेनमार्क, समुह सी बाट नेदरल्याण्ड र अष्ट्रिया, समुह डि बाट इंग्ल्यान्ड र क्रोएसिया, समुह इ बाट स्विडेन तथा समुह एफबाट फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ । बाँकि टोलीको टुंगो आज लाग्ने छ 


बिजपाटीमा 'Predict & win' प्रतियोगिता

 युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले 'predict & win' प्रतियोगिता संचालन गरिरहेको छ । युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो 

यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भईरहेको छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ । 

खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको  'predict & win' प्रतियोगिता संचालन गरेको थियो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved