युरो कपः नकआउट चरणमै हुँदैछन् महाभिडन्त, कसको प्रतिस्पर्धी को ? (तालिकासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 09:31:38 AM मा प्रकाशित

laxmi  sunrise bank

मिनि विश्वकप भनिने युरोपेली देशहरुको फुटबल प्रतियोगिता युरो कप २०२० अन्तर्गत समूह चरणका खेलहरु सकिएका छन् । २४ देश सहभागी प्रतियोगीतामा १६ टोली नकआउटमा पुगेका छन् । 

नकआउट चरणका खेलहरु शनिबारबाट सुरु हुनेछन् । क्वाटरफाइनल प्रवेशका लागि १६ देशबीच प्रतिस्पर्धा हुँदैछ । 

यस्तो छ समिकरणः

अन्तिम १६ का केही खेलहरु महाभिडन्तको रुपमा पनि हुँदैछन् । केही पूर्व च्याम्पियन देशहरुको यात्रामा पूर्णविराम यही चरणमा लाग्ने भएकाले अन्तिम १६ मा रोमाञ्चक खेलहरु हुने देखिएको छ ।

पहिलो खेलमा समूह ए को उपविजेता वेल्स र समूह बीको उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्ड र जर्मनीको भेट पनि अन्तिम १६ मै भएको छ । समूह एफको दोस्रो स्थानमा पुगेको जर्मनीले समूह डी को शीर्ष स्थानमा रहेको इंग्ल्याण्डसँग खेल्ने भएको हो ।

समूह ई को उपविजेता स्पेनले समूह डी को उपविजेता क्रोएसियासँग यही चरणमा भिड्नेछ । 

समूह बी को विजेता बेल्जियमले समूह एफमा तेस्रो भएर पनि अन्तिम १६ मा प्रवेश गरेको पोर्चुगलसँग खेल्नेछ । युरो कपको साविक विजेता पोर्चुगल गएराति भएको खेलमा विश्वविजेता फ्रान्ससँग २–२ गोलको बराबरी खेल्दै समूह एफबाट तेस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

समूह ए मा शतप्रतिशत जितसहित विजेता बनेको इटलीको भेट समूह सी को उपविजेता अस्ट्रियासँग हुँदैछ । समूह सीको बन्दै नकआउट छिरेको नेदरल्याण्ड्सले समूह डीमा तेस्रो स्थानमा रहेर पनि नकआउटमा प्रवेश गरेको चेक रिपब्लिकसँग खेल्ने भएको छ ।

समूह एफको विजेता फ्रान्सले समूह ए मा तेस्रो स्थानमा रहँदै नकआउट प्रवेश हुन पाएको स्वीटजरल्याण्डसँग खेल्नेछ । समूह ईको विजेता स्वीडेनले समूह सीको तेस्रो स्थानबाट अन्तिम १६ मा प्रवेश गरेको युक्रेनसँग खेल्नेछ ।

बिजपाटीमा 'Predict & win' प्रतियोगिता

 युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले 'predict & win' प्रतियोगिता संचालन गरिरहेको छ । युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो 

यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भईरहेको छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ । 

खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको  'predict & win' प्रतियोगिता संचालन गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved