युरोकपमा आज २ खेल हुदै, डेनमार्क र इटाली क्वाटरफाइनलमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 09:03:08 AM मा प्रकाशित

laxmi  sunrise bank

डेनमार्क र इटाली युरोपेली देशहरुको फुटबल प्रतियोगिता युरो कप २०२० को क्वाटरफाइनलमा पुगेका छन्  । डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले र इटालीले अष्ट्रियालाई २-१ गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा स्थानमा पक्का गरेका हुन्  । 

नियमित ९० मिनेटमा कुनै पनि कुनै पनि टोलीले गोल गर्न नसकेपछि इटाली र अष्ट्रियाको खेलमा एक्स्ट्रा टाइममा धकेलिएको थियो  । इटालीले ९५ औ मिनेट र १०५ औ मिनेट मा गोल गरेको थ्यियो  । अष्ट्रियाले ११४ औ मिनेटमा एक गोल फर्काएपनि त्यस पनि भने गोल गर्न सकेन  ।  

प्रतियोगिता अन्तर्गत आज २ खेल हुदै छन्  । आज नेपाली समय अनुसार साँझ ९:४५ बजे नेदरल्याण्ड  र चेक रिपब्लिक भिड्ने छन् । यो खेलको बिजेताले सेमिफाइनल प्रवेशको लागि डेनमार्कसंग खेल्ने छ  । त्यस्तै राति १२:४५ बजे बेल्जियम र पोर्चुगल भिड्दै छन् । यो खेलको बिजेताले सेमिफाइनल प्रवेशको लागि इटालीसंग खेल्ने छ ।

नेदरल्याण्ड समुह सीको समुह बिजेता हो । नेदरल्याण्डले समुह चरणमा  सबै खेलमा जित हात पारेको थियो । चेक रिपब्लिक समुह डिको तेस्रो स्थानमा रहेको टोलि हो । उसले समुह चरणमा १ जित, १ हार र एक बराबरी खेलेको थियो । त्यस्तै बेल्जियम समुह बिको समुह बिजेता हो । बेल्जियमले समुह चरणमा  सबै खेलमा जित हात पारेको थियो । पोर्चुगल समुह एफको तेस्रो स्थानमा रहेको टोलि हो । उसले समुह चरणमा १ जित, १ हार र एक बराबरी खेलेको थियो । 

 बिजपाटीमा 'Predict & win' प्रतियोगिता

 युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले 'predict & win' प्रतियोगिता संचालन गरिरहेको छ । युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो 

यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भईरहेको छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ । 

खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । नक आउट चरणमा रेगुलर टाइमको खेलको नतिजा अनुमान लगाउनु पर्ने छ । पेनाल्टी सुट आउट भएमा पेनाल्टी सुट  आउटमा गरिएको गोल अंक प्राप्तिको लागि गणना हुने छैन  । 

बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको  'predict & win' प्रतियोगिता संचालन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved