स्पेनका गोलकिपरद्वारा प्रतियोगितामा अहिलेसम्मकै गम्भीर गल्ति, बन्न सक्छ ऐतिहासिक त्रुटी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 10:22:04 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोकप अन्तर्गत नकआउट चरणको आजको खेलमा स्पेनका गोलकिपरद्वारा सम्भवत यस प्रतियोगितामा अहिलेसम्मकै गम्भीर त्रुटी भएको छ। आफ्नै टिमका खेलाडीले दिएको पासलाई स्पेनका गोलकिपरले खेलाँची गर्दा उक्त बल गोलमा परिणत भएको हो।\

आफ्नै साथीले दिएको पासलाई युनाई साइमनले हेलचेक्र्याई गर्दा उक्त बल गोलमा परिणत भएको हो। खेलको २२ औं मिनेटमा स्पेनका गोलकिपरले गरेको यस गल्तीका कारण क्रोएसियाको खातामा एक गोल थपिएको हो।

स्पेनका गोलकिपरको यस आत्मघाती गोल सम्भवत प्रतियोगितामा अहिलेसम्मकै गम्भीर त्रुटी हो। यदि यहि गोलका कारण स्पेन पराजित भयो भने स्पेनका गोलकिपर युनाइ साईमनको लागि ठुलो असफलता हात लाग्ने छ।  

स्पेन प्रतियोगताको ३८ औं मिनेटसम्म १-१ को बराबरीमा रहेको छ। बराबरी खेलेको स्पेन क्रोएसियाबिरुद्द हाबी बनिरहेको छ भने आक्रामक खेल प्रस्तुत गरिरहेको स्पेनले पटक पटक गोलको अवसर निकालेको छ। यद्दपी उक्त प्रयासहरु बिफल बनिरहेका छन्। 

यूरोकप अन्तर्गतको यस खेलमा जुन टिम पराजित हुन्छ उक्त टिम प्रतियोगिताबाट बाहिरिनेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved