युरोकपमा सेमिफाइनल प्रवेशको लागि आज २ खेल, कुन टिम बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2021 | 07:51:28 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुदै छन् । जस अनुअस्र नेपाली समय अनुसार २ खेल हुदै छन् ।

पहिलो खेलमा नेपाली समय अनुसार ९:४५ बजे स्विजरल्याण्ड र स्पेन भिड्ने छन् । त्यस्तै दोस्रो खेलमा राति १२:४५ मा बेल्जियम र इटाली भिड्ने छन् ।

कुन टिम कस्तो ?

स्विजरल्याण्ड समुह ए को तेस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । समुह चरणमा स्विजरल्याण्डले एकमा जित, १ मा हार र १ बराबरी खेलेको थियो । स्विजरल्याण्ड समुह चरणमा वेल्ससंग बराबरी खेलेको थियो भने इटाली संग हार बेहोरेको थियो । त्यस्तै टर्कीलाई हराएको थियो । अन्तिम १६ मा स्विजरल्याण्डले फ्रान्सलाई ३-३ को बराबरीमा रोकेको थियो । पेनाल्टी सुट आउटमा फ्रान्सलाई पराजित गर्दै स्विजरल्याण्डले क्वाटरफाइनलमा प्रवेश पाएको हो । स्विजरल्याण्ड अहिलेसम्म राउण्ड अफ १६ बाट माथि जान सकेको छैन । सन् २०१६ को युरो कपमा स्वीजरल्याण्ड राउण्ड अफ १६ बाट नै बाहिरिएको थियो ।

स्पेन समुह ई को समुह बिजेताको रुपमा नकआउट प्रवेश गरेको हो । समुह ई मा स्पेनले २ वटा बराबरी र १ मा जित हात पारेको थियो । स्पेनले स्वीडेन र पोल्याण्ड बराबरी खेलेको थियो भने स्लोभाकियालाई ५-० गोलले पराजित गरेको थियो । राउण्ड अफ १६ मा स्पेनलाई ५-३ ले हराउदै स्पेन क्वाटरफाइनलमा पुगेको हो । स्पेनले ३ पटक युरोकप जितिसकेको छ । सन् २०१६ को युरो कपमा स्पेन राउण्ड अफ १६ बाट नै बाहिरिएको थियो ।

बेल्जियम समुह बि को समुह बिजेताको रुपमा नकआउट प्रवेश गरेको हो । बेल्जियमले समूह चरणमा फिनल्याण्ड, डेनमार्क, र रसियालाई पराजित गरेको हो । राउण्ड अफ १६ मा बेल्जियमले पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । बेल्जियमले हालसम्म युरो कप जितेको छैन । बेल्जियम सन् १९८० को युरोको उपविजेता हो । सन् २०१६ मा बेल्जियम क्वाटरफाइनलबाट बाहिरिएको थियो । बेल्जियम हाल फिफा बरियतामा शिर्ष स्थानमा छ।

इटाली समुह ए को समूह बिजेता बन्दै नकआउट प्रवेश गरेको हो । समुह चरणमा इटालीले वेल्स, स्वीजरल्याण्ड र टर्कीलाई पराजित गरेको थियो । राउण्ड अफ १६ मा इटालीले अष्ट्रियालाई पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । इटाली १९६८ को युरो बिजेता हो भने २०१६ मा क्वाटरफाइनलबाट बाहिरिएको थियो ।


बिजपाटीमा 'Predict & win' प्रतियोगिता

 युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले 'predict & win' प्रतियोगिता संचालन गरिरहेको छ । युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो 

यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भईरहेको छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ । 

खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । नक आउट चरणमा रेगुलर टाइमको खेलको नतिजा अनुमान लगाउनु पर्ने छ । पेनाल्टी सुट आउट भएमा पेनाल्टी सुट  आउटमा गरिएको गोल अंक प्राप्तिको लागि गणना हुने छैन  । 

बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको  'predict & win' प्रतियोगिता संचालन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved