युरोकपमा सेमिफाइनल प्रवेशको लागि आज २ खेल, कुन टिम बलियो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2021 | 02:50:57 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका बाँकि २ खेलहरु हुदै छन् ।  आज हुने खेलको बिजेताहरु सेमिफाइनल प्रवेश गर्ने छन् । 

पहिलो खेलमा नेपाली समय अनुसार ९:४५ बजे चेक रिपब्लिक र डेनमार्क भिड्ने छन् । त्यस्तै दोस्रो खेलमा राति १२:४५ मा युक्रेन र इंग्ल्यान्ड भिड्ने छन् ।

कुन टिम कस्तो ?

चेक रिपब्लिक  समुह डि  को तेस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । समुह चरणमा चेक रिपब्लिक एकमा जित, १ मा हार र १ बराबरी खेलेको थियो । उसले समुह चरणमा क्रोएसियासँग बराबरी खेलेको थियो भने इंग्ल्यान्डसंग हार बेहोरेको थियो । त्यस्तै स्कटल्याण्डलाई हराएको थियो । अन्तिम १६ मा चेक रिपब्लिकले नेदरल्याण्डलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । चेक रिपब्लिकले चेक्लोस्लोभाकियाको रुपमा सन् १९७६ को युरो कप जितेको थियो । सन् २०१६ को युरो कपमा चेक रिपब्लिक समुह चरणबाट नै बाहिरिएको थियो ।

डेनमार्क समुह बि को तेस्रो स्थानमा रहदै नकआउट प्रवेश गरेको हो । समुह बि मा डेनमार्कले १ वटा जित र २ वटामा हारे बेहोरेको थियो । समुह चरणमा डेनमार्कले रसियालाई ४-१ ले हराएको थियो भने फिनल्याण्ड र बेल्जियमसंग पराजित भएको थियो । राउण्ड अफ १६ मा वेल्सलाई ४-० गोलले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो । डेनमार्कले सन् १९९२ मा युरोकप जितेको थियो भने सन् २०१६ मा छनौट नै हुन सकेको थिएन । 

त्यस्तै युक्रेन  समुह सी को तेस्रो स्थानमा रहदै नकआउट प्रवेश गरेको हो । युक्रेनले समुह सीमा १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो । समुह चरणमा युक्रेनले नर्थ मेसोडोनियालाई पराजित गरेको थियो भने नेदरल्याण्ड र अष्ट्रियासंग हार बेहोरेको थियो ।अन्तिम १६ मा स्विडेनलाई २-१ ले हराउदै युक्रेन क्वाटरफाइनलमा पुगेको हो । यस अघिका प्रतियोगितामा युक्रेन समुह चरण भन्दा माथि जान सकेको थिएँन । सन् २०१२ र २०१६ मा पनि युक्रेन समुह चरणबाट नै बाहिरिएको थियो । 

इंग्ल्यान्ड समुह डि को बिजेता बन्दै नक आउट चरण प्रवेश गरेको हो । उसले समुह चरणमा २ जित र एक बराबरी खेलेको थियो । समुह चरणमा उसले क्रोएसिया र चेक रिपब्लिकलाई हराएको हो भने स्कटल्याण्डसंग बराबरी खेलेको हो  । अन्तिम १६ मा जर्मनीलाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो । 

इंग्ल्यान्डले हालसम्म युरो कप जित्न सकेको छैन । सन् १९६८ मा इंग्ल्यान्ड युरो कपमा तेस्रो भएको थियो त्यो नै उसको हालसम्मको उत्कृष्ट प्रतियोगिता थियो । सन् २०१६ मा आईसल्याण्ड संग पराजित हुदै इंग्ल्यान्ड अन्तिम १६ बाट बाहिरिएको थियो  

 आज हुने २ खेलको बिजेताले फाइनल प्रवेशका एक अर्का संग प्रतिस्पर्धा गर्ने छन् । हिजो खेलबाट स्पेन र  इटाली सेमिफाइनलमा पुगिसकेका छन् । स्पेनले स्वीजरल्याण्डलाई र इटालीले बेल्जियमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्  

बिजपाटीमा 'Predict & win' प्रतियोगिता

 युरो कप प्रतियोगिताको अवसर पारेर बिजपाटी डटकमले 'predict & win' प्रतियोगिता संचालन गरिरहेको छ । युरोकपलाई थप रोमान्चक बनाउन बिजपाटीले तपाईकोपसल डटकमसँगको साझेदारीमा यो प्रतियोगिता संचालनमा ल्याएको हो 

यस प्रतियोगितामा जो कोहि सहभागी भएर युरोकप अन्तर्गत खेलिने ५१ वटै खेलको नतिजा अनुमान गर्न सक्ने छन् । यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भईरहेको छ । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने छ । 

खेलको नतिजा सही रुपमा अनुमान गरेमा प्रति खेल १०० अंक प्राप्त गर्न सकिने छ । यस हिसाबमा ५१ खेलबाट अधिकतम ५१०० अंक प्राप्त गर्न सकिने छ । ५१ खेलको समाप्तिमा सबैभन्दा उच्च अंक प्राप्त गर्ने ३ जनालाई आकर्षक उपहार प्रदान गरिने छ । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । नक आउट चरणमा रेगुलर टाइमको खेलको नतिजा अनुमान लगाउनु पर्ने छ । पेनाल्टी सुट आउट भएमा पेनाल्टी सुट  आउटमा गरिएको गोल अंक प्राप्तिको लागि गणना हुने छैन  । 

बिजपाटीले यस अघिको विश्वकपमा पनि यस्तै खालको  'predict & win' प्रतियोगिता संचालन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved