इंग्ल्याण्ड २५ वर्षपछि युरो कपको सेमिफाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 09:57:16 AM मा प्रकाशित

laxmi  sunrise bank

युक्रेनलाई ४–० गोलले पराजित गर्दै इंग्ल्याण्ड युरो कप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डले अब फाइनल प्रवेशका लागि घरेलु मैदान वेम्बलीमा डेनमार्कसँग खेल्नेछ ।

इंग्ल्याण्ड २५ वर्षपछि युरो कपको सेमिफाइनल पुगेको हो । 

समूह चरणमा लयमा नदेखिएका ह्यारी केनले युक्रेन विरुद्द पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । रहिम स्टर्लिङसँगको तालमेलमा ४ मिनेटमै गोल गरेका उनले यसअघि जर्मनीविरुद्द गोल गर्दै प्रतियोगीतामा पहिलो गोल गरेका थिए । 

इंग्ल्याण्डका लागि केनले व्यक्तिगत दोस्रो गोल र ह्यारी मगायरले सानदार हेडर गोल गरे । लुक शले फ्रिकिकमार्फत गोल गरेपछि इंग्ल्याण्डले शानदार जित हासिल गरेको हो ।

गएराति नै भएको पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ ले हराउँदै डेनमार्क २९ वर्षपछि युरो कपको सेमिफाइनलमा पुगिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved