युरो २०२०ः इटाली फाइनलमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 07:59:43 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै इटाली युरो २०२० को फाइनलमा प्रवेश गरेको छ । स्पेनलाई पेनाल्टीमा ४–२ ले पराजित गर्दै इटाली २०१२ पछि पहिलो पटक युरो कपको फाइनलमा पुगेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ६०औं मिनेटमा फेड्रिको किएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । तर ६२औं मिनेटमा मैदान प्रवेश गरेका अल्भारो मोराटाले बराबरी गोल फर्काए । 

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन सकेन । त्यसपछि पेनाल्टी सुट आउटमा पुगेको खेलमा इटाली विजयी भयो । 

इटालीले अब फाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । यो खेल बुधबार हुनेछ ।

सन् १९६८ मा युरो च्याम्पियनसिपको उपाधि जितेको इटाली सन् २००० र  २०१२ मा फाइनल पुगेको थियो । 

स्पेन भने सन् १९५४ मा पहिलो पटक युरो च्याम्पियन बनेको थियो । २००८ र २०१२ को समेत विजेता स्पेन २०१६ मा पनि इटालीसँग पराजित हुँदै क्‍वार्टरफाइनलबाट बाहिरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved