इंग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 08:44:09 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्ल्याण्ड पहिलो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इंग्ल्याण्डले युरो कप २०२० को फाइनलमा इटलीसँगको भेट पक्का गरेको हो ।

घरेलु मैदान वेम्बलीमा भएको खेलमा विजयी भएसँगै इंग्ल्याण्ड ५५ वर्षपछि मुख्य फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको हो । सन् १९६६ मा विश्वकप फुटबलको उपाधि उचालेको इंग्ल्याण्ड त्यसयता उपाधिविहीन छ । 

मिक्केल ड्याम्सगार्डले फ्रिकिकमार्फत ३० औं मिनेटमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । तर, ३९ औं मिनेटमा बुकायो साकाको प्रहार बचाउन लाग्दा डेनिस कप्तान सिमोक कजायरले आफ्नै पोष्टमा गोल गर्न पुगेपछि खेल बराबरी भएको थियो ।

निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटको समयमा इंग्ल्याण्डले गोल गर्यो । १ सय ४ मिनेटमा इंग्ल्याण्डले पेनाल्टी पाएको थियो । ह्यारी केनले हानेको पेनाल्टी डेनिस गोलरक्षक कास्पर स्माइकल्सले रोकिदिए । तर, रिवाउण्ड बलमा केनले नै गोल गरे । उनको यो गोलले नै इंग्ल्याण्डलाई युरो कपको इतिहासमा पहिलो पटक फाइनल पुर्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved