यस्तो छ युरोकपको फाइनल खेलाउने रेफ्रीको टिम, को कुन देशका ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 10:17:20 AM मा प्रकाशित

laxmi  sunrise bank

युरो कपको फाइनल खेल नेदरल्याण्ड, स्पेन र जर्मनीका अफिसियल्सहरुले खेलाउने भएका छन्। युएफामाले इंग्ल्यान्ड र इटालीबीच हुने फाइनल खेल खेलाउने अफिसियल्सहरुको नाम सार्वजनिक गरेको हो । 

जस अनुसार खेलको रेफ्री नेदरल्यान्डका बियोन कुपर रहने छन् । ४८ वर्षीय कुपर सन् २००६ देखि अन्तराष्ट्रिय रेफ्रीको रुपमा रहेका छन् । उनी युरो कपको फाइनल खेलाउने नेदरल्याण्ड कै पहिलो रेफ्री हुने छन् 

यस अघि उनले युएफाले आयोजना गर्ने ६ वटा प्रतियोगोताको फाइनल खेल खेलाईसकेका छन् । उनले सन् २०१८ र २०१३ को युरोपा लिग फाइनल, सन् २०१४ को च्याम्पियन्स लिग फाइनल, २०११ को सुपर कप फाइनल , २००९ को अण्डर २१ युरोपियन च्याम्पियन्स फाइनल र २००६ को अण्डर १७ युरोपियन च्याम्पियन्स फाइनल खेल खेलाईसकेका छन् । उनले २०१२ र २०१६ को युरोकप तथा २०१४ र २०१८ को विश्वकपका खेलहरु पनि खेलाएका थिए । 

जारी युरोकपमा उनले ३ वटा खेल खेलाएका छन् । समुह चरणमा बेल्जियमले डेनमार्कलाई २-१ ले हराएको खेलमा, स्पेनले सोल्भाकियालाई ५-० ले हराएको खेलमा, र क्वाटरफाइनलमा डेनमार्कले चेक रिपब्लिकलाई २-१ ले हराएको खेलमा पनि उनी रेफ्री थिए । समुह चरणको इंग्ल्यान्ड र क्रोएसियाबीचको खेलमा भने उनी फोर्थ अफिसियलको रुपमा थिए । 

फाइनल खेलमा कुपर रेफ्री रहंदा नेदरल्याण्ड कै सान्दर भान रोकेल र इर्विन जेनिस्ट्रा एसिस्टेन्ट रेफ्री रहने छन् । स्पेनका कार्लोस डेल सेरो ग्रान्डे फोर्थ अफ्सियल हुने छन् । स्पेन कै जवान कार्लोस युस्ते जिमिनेज रिजर्भ एसिस्टेन्ट रेफी रहने छन् । जर्मनीका बास्तियान ड्यानकार्ट भिडियो एसिस्टेन्ट रेफ्री (VAR) को रुपमा रहने छन् । VAR कै एसिस्टेन्ट रेफ्रीको रुपमा नेदरल्याण्डका पोल भान बोकेल, जर्मनीका क्रिस्चियन जितलमन र जर्मनी कै मार्को फिज रहने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved