युरोकपको फाइनल आज, बिजपाटी 'Predict & Win' को शिर्ष स्थानमा रहन १० जनाको प्रतिस्पर्धा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2021 | 09:21:14 PM मा प्रकाशित

laxmi  sunrise bank

युरोकपको प्रतियोगिताको आज फाइनल खेल हुदै छ। प्रतियोगिताको उपाधिको लागि नेपाली समय अनुसार आज मध्यरात १२:४५ बजे इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने छ।

इटालीले सेमिफाइनलमा स्पेनलाइ हराउदै फाइनल प्रवेश गरेको हो भने इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कलाई हराउदै फाइनल प्रवेश गरेको हो । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनलमा प्रवेश गरेको हो भने इटाली यो सहित चौथो पटक फाइनलमा पुगेको हो । इटालीले सन् १९६८ मा उपाधि जितेको थियो भने सन् २००० र सन् २०१२ मा फाइनलमा पराजित भएको थियो ।

आजको फाइनल खेल सकिएसंगै बिजपाटी डटकमले तपाईको पसल डटकमसँगको सहकार्यमा संचालन गरेको 'predict & win' प्रतियोगिता पनि सकिने छ । यस प्रतियोगितामा सहभागी हुने मध्ये बाट उत्कृष्ट १० अंक प्राप्त गर्न सफल १० जनाले तपाईको पसलबाट उपहार प्राप्त गर्ने छन् । प्रतियोगिहरुको समान अंक भएमा गोलाप्रथाबाट बिजेता छनौट हुने छन् । 

हालसम्मको अवस्था हेर्दा १० जना प्रतियोगीहरु यस पतियोगिताको शिर्ष स्थानमा रहने सक्ने देखिएको छ । हाल ५ जनाको समान ९ सय अंक रहेको छ । आजको खेल मिलाउनेहरु १ हजार अंक सहित शिर्ष स्थानमा पुग्ने छन् ।  जोकर' अप्सन प्रयोग नगरेका प्रतियोगीहरुको अनुमान मिलेमा र सो अप्सन प्रयोग गरेको भएमा उनीहरु ११ सय अंक सहित शिर्ष स्थानमा पुग्ने छन् । 

त्यस्तै हाल ४ जनाको समान ८ सय अंक रहेको छ । यदि ९ सय अंक भएका कसैको पनि अनुमान नमिलेमा र ८ सय अंक भएकाको अनुमान मिलेमा उनीहरुको पनि ९ सय अंक हुने छ र पहिलो स्थानमा रहन सक्ने छन् । त्यस्तै 'जोकर' अप्सन प्रयोग नगरेका र हाल ८ सय अंक भएका प्रतियोगीहरुको अनुमान मिलेमा साथै जोकर अप्सन प्रयोग गरेमा उनीहरु १ हजार अंक सहित शिर्ष स्थानमा पुग्ने छन् ।  हाल ९ सय अंक भएका कसैको पनि अनुमान नमिलेमा मात्र यो सम्भव हुने छ। 

त्यस्तै हाल ४ जनाको ७ सय अंक छ ।  यदि हाल ९०० र ८०० हुने मध्ये कसैको पनि अनुमान नमिलेमा र ७ सय अंक हुनेको अनुमान मिलेमा उनीहरुको ८ सय अंक पुग्ने छ ।  यदि जोकर अप्सन प्रयोग नगरेको भए र आजको खेलमा प्रयोग गरेको भए ९ सय अंक पुग्ने छ ।  यस हिसाबमा गोलाप्रथाबाट बिजेता छनौट हुने छ । 

शिर्ष १० स्थानमा रहने प्रतियोगीहरुले उपहार पाउने छन् ।  उपहारको सुची हेर्न यहाँ क्लिक गर्नु होला । हालको बरियता हेर्न यहाँ क्लिक गर्नु होला ।

यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भईरहेको हो । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने ब्यबस्था थियो । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved