५३ वर्षपछि युरो च्याम्पियन बन्यो इटाली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 08:42:51 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्ल्याण्डलाई पराजित गर्दै इटाली ५३ वर्षपछि युरो कप च्याम्पियन बनेको छ । निर्धारित समयमा दुबै तर्फबाट १–१ गोल भएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुट आउटमा पुगेको खेलमा ३–२ गोलको नतिजा सहित इटालीले ५३ वर्षपछि युरोपियन च्याम्पियनसिप जितेको हो । 

इंग्ल्याण्डको वेम्ब्ली स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा ल्युक शहको गोलमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको इटालीका लागि ३७ वर्षीय डिफेन्डर लियोनार्दो बोनुचीले ६७ औँ मिनेटमा बराबरी गोल फर्काए ।

सन् १९६८ मा युरो जितेको इटाली सन् २००० र २०१२ मा फाइनल पुगेर पराजित भएको थियो । इटालीले सन् २००६ को विश्वकप जितेपछि यो पहिलो अन्तराष्ट्रिय उपाधि जितेको हो ।

पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने घरेलु मैदानमै पराजित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved