बिजपाटीले संचालन गरेको 'predict & win' प्रतियोगिताको बिजेता घोषणा मंगलबार हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2021 | 08:42:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले तपाईको पसल डटकमसँगको सहकार्यमा संचालन गरेको 'predict & win' प्रतियोगिता सकिएको छ। युरो कप प्रतियोगिता सकिएसंगै बिजपाटीले संचालन गरेको प्रतियोगिता पनि सकिएको हो।

बिजपाटीले प्रतियोगिता संचालन गर्नु अगाडी नै प्रतियोगिताको शिर्ष १० स्थानमा रहने १० जनालाई उपहार दिने उल्लेख गरेको थियो । सोहि अनुसार बिजपाटीले मंगलबार बिजेताको औपचारिक घोषणा गर्ने छ । बिजपाटीको फेसबुक पेजबाट बिजेता घोषणा कार्यक्रमको लाइभ हुने छ । 

प्रतियोगिताको शिर्ष स्थानमा को को रहेका छन् भन्ने जानकारी यहाँ क्लिक गरेर लिन सकिन्छ । सुची अनुसार पहिलो स्थानमा ११ सय अंक सहित सिता धिताल र दोस्रो स्थानमा १ हजार अंक सहित  रविन रत्न तुलाधर रहन सफल भएका छन् । ४ जनाको समान ९ सय अंक भएकोले तेस्रो स्थान तय गर्नको लागि गोलाप्रथा हुने छ । ९ सय अंक रहेका संगीता श्रेष्ठ, सी पन्त, कल्पना हुमागाई र विजय पौडेलबीच तेस्रो, चौथो , पाचौ र छैठौ स्थानको लागि गोलाप्रथा हुने छ । त्यस्तै ५ जनाको समान ८ सय अंक रहेकोले यी ५ जना मध्ये गोलाप्रथाबाट ४ जना शिर्ष स्थानमा रहेको घोषणा हुने छ । ८ सय अंक हुनेमा विनय ढकाल, गणेश अधिकारी, रोजनी महर्जन, सुष्मा रेग्मी र जनक खड्का रहेका छन् । बिजेता घोषित भएकाले उपहार प्राप्त गर्न प्रकिया र उपहार दाबी गर्नु पर्ने प्रक्रिया बारे मंगलबार नै लाइभ मार्फत जानकारी दिईने छ । 

शिर्ष १० स्थानमा रहने प्रतियोगीहरुले उपहार पाउने छन् ।  उपहारको सुची हेर्न यहाँ क्लिक गर्नु होला । हालको बरियता हेर्न यहाँ क्लिक गर्नु होला ।

यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भएको हो । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गर्नु पर्ने छ वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने ब्यबस्था थियो । प्रतियोगिताको नियम हेर्नको लागि यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved