बिजपाटीले संचालन गरेको 'predict & win' प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 01:19:59 PM मा प्रकाशित

laxmi  sunrise bank

बिजपाटी डटकमले तपाईको पसल डटकमसँगको सहकार्यमा संचालन गरेको 'predict & win' प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । बिजेताहरुलाई साउन १ गतेदेखि आज साउन ८ गतेसम्मको अवधि राखेर पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा ११ सय अंकका साथ प्रथम स्थानमा रहन सफल सिता धिताललाई स्मार्ट फोन रेडमी नोट टेन स्मार्ट फोन प्रदान गरिएको छ । सिता धितालको तर्फबाट बसन्त हुमागाईले उक्त पुरस्कार ग्रहण गरेका हुन् । त्यस्तै १ हजार अंकका साथ दोस्रो स्थानमा रहन सफल भएका रबिन रत्न तुलाधरलाई स्मार्ट वाच प्रदान गरिएको छ । 

प्रतियोगीतामा  विजय पौडेल तेस्रो, संगीता श्रेष्ठ चौथो, कल्पना हुमागाई पाचौ र सी पन्त छैठौ भएका छन् । त्यस्तै जनक खड्का ७ औ, विनय ढकाल ८ औ, गणेश अधिकारी ९ औ, र रोजनी महर्जन १० औ भएका थिए ।  बिजपाटीले प्रतियोगिता संचालन गर्नु अगाडी नै प्रतियोगिताको शिर्ष १० स्थानमा रहने १० जनालाई उपहार दिने उल्लेख गरेको थियो । यस संगै पुरस्कार लिन आउँनको लागि तोकिएको समय सकिएको छ । यद्यपि यस अघि नै सम्पर्कमा आएकाहरुले बिजपाटीको कार्यलयमा आएर पुरस्कार लिन सक्ने छन् । 

यो प्रतियोगिता बिजपाटीको सब डोमेन https://sports.bizpati.com/ मार्फत संचालन भएको हो । प्रतियोगितामा सहभागी हुनको लागि आफ्नो इमेल मार्फत रजिस्टर गरि  वा फेसबुक मार्फत लगइन गरि सहभागी हुन सकिने ब्यबस्था थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved