रोल्पामा भोकमरीको चिन्ता

महेश न्यौपाने

महेश न्यौपाने

Jul 03, 2020 | 12:08:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९को विश्वमहामारी तथा वर्षादले निम्ताउन सक्ने संभाावित विपद संगै भोकमरी पर्न सक्ने भन्दै रोल्पामा  खाद्यन्न  भण्डारणको संभाव्यता अध्ययन थालिएको छ । जिल्ला  समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढा  नेतृत्वको ३  सदस्यीय कार्यदलले जिल्लामा खाद्यान्न  भण्डारणको संभाव्यता  वारे अध्ययन थालनी गरेको हो ।

कार्यदलले तयार गरेको प्रारम्भिक अवधारणा पत्रका अनुसार रोल्पाका अधिकांश किसान आफ्नै उत्पादनले करिव ६  महिना मात्रै  खान पुग्ने अवस्थामा छन  । आकाशेपानीको भरमा खेती गर्ने उनीहरु पानीले साथ नदिएको वेला त्यो भन्दा पनि कम उत्पादनमा चित्त   वुझाउने गर्छन । मुख्य  वालीको रुपम रहेको  मकै उत्पादन कम भएको वर्ष जिल्लामा खाद्य संकट निम्तने गर्छ  । सहुलियत दरको चामल किन्न जिल्लाका  अधिकांश क्षेत्रका जनता सदरमुकाम  लिवाङमा रहेको नेपाल खाद्य कम्पनीको डिपो धाउने  गर्दछन ।

कार्यदलले तयार गरेको  अवधारणा पत्रका अनुसार जिल्लामा ३४ हजार ६५० मेट्रिक टन मकै,  २२  हजार १९६ मेट्रिक टन गहुँ, ११  हजार ६२० मेट्रिक टन चामल,  १  हजार ५० मेट्रिक टन कोदो,६१८ मेट्रिक टन  जौ र १०० मेट्रिकटन फापर उत्पादन हुने गर्दछ । वर्षमा आधा  समय आफैले   उत्पादन  गरेको  खाद्यान्न उपभोग  गर्ने जिल्लावासी आधा समयको खाद्यान्नका लागि भने जिल्ला वाहिरको खाद्यान्नमा आश्रित हुने गरेको उल्लेख गरिएको छ । 

जिल्लामा सिस्नो,कोदो,मकै,आलु,जौ, मह जस्ता स्थानीय पोषिलो रैथाने उत्पादन भएपनि तिनको उपभोगमा कमी आएको उल्लेख गरिएको  छ । जिल्लामा उत्पादीत खाद्यान्नको व्यवस्थापन र  प्रवद्र्धन गर्दै कृषिमा आधुनिकरणको माध्यमवाट मकै,धान गहु जस्ता मुख्यवालीको उत्पादन वृद्धी  गरे मात्रै खाद्य असुरक्षाको जोखिमवाट वच्न सकिने सरोकारवालाहरुले वताएका छन । स्थानीय तहहरुको अगुवाईमा स्थानीय जनताले उपभोग गरेर वचेको खाद्यान्नलाई संचितिकरण गर्न सके संभावित खाद्य संकटवाट वच्न सकिन्छ, ५ नम्वर प्रदेश सभा सदस्य दीपेन्द्र पुनले भने । हरेक स्थानीय तहमा खाद्य भण्डारण जरुरी छ त्यस तफै सवैले सोच्नुपर्छ सदस्य पुनले भने । 

स्थानीय तहहरुले खाद्यान्न उत्पादन र खपतको  यथार्थ तथ्यांक संकलन गरेर कहाँ कति खाद्यान्न वढी वा अपुग छ त्यसको आधारमा योजना वनाउन सहज हुने जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको भनाई छ । महामारी र विपद कतिवेला आउछ  भन्ने थाहा नहुने भएकाले सवै स्थानीय तहहरु खाद्य भण्डारणका विषयमा चनाखो हुनुपर्ने वुढाको भनाई छ ।

हाल जिल्लाका तीन स्थानमा खाद्यान्न  भण्डारणकको प्रस्ताव गरेको घरेलु तथा साना उद्योग विकास समिति रोल्पाका कार्यालय  प्रमुख तीलक वलीले जानकारी दिए ।  जिल्लाका माडी, परिवर्तन, थवाङ र गंगादेव गाउँपालिकालाई लक्षित  गरि घर्तीगाउँमा डिपो राख्ने प्रस्ताव गरिएको छ । यसैगरि सुनिल स्मृती,लुंग्री र सुनछहरी  गाउँपालिकालाई लक्षित गरेर सुलिचौरमा अर्को डिपोको प्रस्ताव गरिएको छ ।  दाङ संग सिमाना जोडिएको रुन्टीगढी र सल्यान संग सिमा जोडिएको त्रिवेणी  गाउँपालिकाको लागी दहवनमा डिपो प्रस्ताव  गरेका छौ कार्यालय प्रमुख वलीले भने । सदरमुकाम समेत रहेको  रोल्पा नगरपालिकामा भने नेपाल खाद्य कम्पनीको लिवाङमा  रहेको  डिपोले  नै सेवा प्रवाह गर्ने प्रस्ताव गरिएको छ । 

१ लाख ७५ हजार ९२८ हेक्टर क्षेत्रफलमा फैलिएको रोल्पामा ४० हजार ९२७  हेक्टर जमिन मात्रै खेतियोग्य रहेको वताईन्छ । खेतीयोग्य जमिन मध्य हाल ३१  हजार ४९६ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुदै आएको कृषि ज्ञान केन्द्र रोल्पाले वताएको छ । खेती गरिएको जमिन मध्ये ४ हजार ७१५ हेक्टर खेत र २६ हजार ७८१ हेक्टर  जमिन पाखो रहेको छ ।  जिल्लामा ३ हजार ९३० हेक्टर जमिनमा मात्रै सिचाई सुविधा पुगेको छ । २ हजार ५५४ हेक्टर जमिन  अर्धसिंचित रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved