कोरोना बीमावापत ४३ करोड प्रिमियम संकलन, ८३ हजार बीमालेख जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2020 | 03:18:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना बीमावापत निर्जीवन बीमा कम्पनीहरुले ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  बीमक संघले उपलब्ध गराएको तथ्याकंअनुसार हालसम्म कम्पनीहरुले ४३ करोड ३७ लाख ५८ हजार ८८२ रुपैयाँ संकलन गरेका हुन् । यस अवधिमा ८३ हजार ५२८ वटा बीमालेख जारी भएका छन् । 

तीन करोड बन्दा बढी भुक्तानी हुन बाँकी

कोरोना बीमावापत निर्जीवन बीमा कम्पनीहरुले ३ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ३२४ दावीवापत कम्पनीहरुले सो बराबरको दावी गर्न बाँकी रहेको हो । 

यस अवधिसम्ममा ५० हजार बीमांकको २६ र १ लाख रुपैयाँको बीमांकमा २९८ वटा दावीको दावी भुक्तानी गर्न बाँकी रहेको संघले जनाएको छ । ५० हजार बीमांकको १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । त्यस्तै, १ लाख रुपैयाँ बीमांकको २९८ दावीवापत कम्पनीहरुले २ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । 

७५ लाख रुपैयाँको भुक्तानी

यस अवधिसम्ममा कम्पनीहरुले ८० वटा दावीवापत ७५ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेका छन् ।  जसअन्तर्गत ५० हजार बीमांकका ९ र १ लाख बीमांकका ७१ वटा दावीको भुक्तानी गरेका हुन् । ५० हजार बीमांकको ९ दावीवापत कम्पनीहरुले ४५ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।  भने १ लाख रुपैयाँ बीमांकको ७१ दावीवापत ७१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved